सडक किनारमा उपचारको पर्खाइमा बसेका डम्बर बहादुर गहभरी आँशु पार्दै भन्छन “अझै बाच्ने रहर छ”

इनेप्लिज २०७४ साउन ७ गते १३:२१ मा प्रकाशित
केहि समय अघिदेखि दुवै मृगौला फेल भएर आर्थिक अभावका कारण उपचार गर्न नसकि सडकको पेटीमा भिख मागेर आफ्नो उपचार खर्च जुटाउदै आएका जीवन भनिने डम्बर बहादुर बस्नेतको दर्दनाक कहानी आज हामीले प्रस्तुत गर्दै छौ। पिएनपि सम्बददातासंग कुरा गर्दै गहभरि आँशुपारी डम्बर बहादुर बस्नेत भन्छन “४९ बर्षको भएँ, मेरो बुबा अझै जिउदै हुनुहुन्छ। म पनि बाच्छु भन्ने लाग्छ, अझ बच्ने रहर छ। “
 
धापाखेल स्थित सुमेरु अस्पतालमा नेपाल सरकारले फ्री मा डायलाइसिस गरिदिए पनि आर्थिक अभावका कारण उनले मृगौला प्रत्यारोपण गर्न सकेका छैनन्। गाउँमा १० कक्षा पढ्ने छोरी भएपनि उनको साथमा एउटा सानो अबोध बालक पनि रहेको छ। 
 
डम्बर बहादुर बस्नेतको बाच्ने चाहनालाई साकार पारिदिन हामी तपाईहरुको सहयोगी हातहरुलाइ दुइ हात जोडेर अनुरोध गर्दछौ साथै सामाजिक सद्भाव र सहयोगको पिएनपिमिडियाको यो अभियान तपाईंहरुलाई कस्तो लागी रहेको छ? कृपया हामीलाई कमेन्ट गर्न नभुल्नु होला। 
पुरा भिडियो हेर्नुस:

 

प्रतिक्रिया