बोस्टनमा अन्तर्राष्ट्रिय बालुवाको मुर्ति बनाउने उत्सव सुरु : बिशेष तस्बिरहरु सहित

इनेप्लिज २०७४ साउन ७ गते २:५६ मा प्रकाशित

अमेरिकाको म्यासाचुसेट्स राज्यको प्रसिद्ध शहर बोस्टनमा अन्तर्राष्ट्रिय बालुवा मुर्ति बनाउने उत्सव सुरु भएको छ l उक्त बालुवाको मूर्ति कुद्ने बोस्टन को प्रसिद्ध समुन्द्र रिभियर समुन्द्रमा जुलाई २१ देखि २३ सम्म चल्ने छ l

बार्षिक अन्तर्राष्ट्रिय बालुवा मुर्ति कुद्ने रिभियरको मुख्य उद्देस्य बन्दरगाह तथा खाडीको जगेर्ना गर्नु रहेको छ l यसरी कार्यक्रम आयोजनाबाट गत बर्ष ३० हजार डलर संकलन भएको थियो l र ,गत बर्ष ३० वटा निशुल्क कार्यक्रम सहित बालुवामा मूर्ति कुद्ने प्रतियोगिताको आयोजना गरिएको थियो भने यस पटक पनि त्यस्ता कार्यक्रम गरिने छ l

३ दिन सम्म चल्ने कार्यक्रमको तालिका अनुसार बिहान १० बजे सुरु भै राती १० बजे सम्म हुने छ l अन्तिम दिन आइतबार साँझ ८ बजे सम्पन्न हुने भएको छ l १० बजे उत्सव सुरु ,२ देखि ४ सम्म प्रत्यक्ष संगीत कार्यक्रम हुने छ भने साँझ ५ बजे देखि बालुवाको मुर्ति बनाउने तथा अन्य कार्यक्रम रहेका छन् l यसका लागि प्रख्यात तथा कलाकारहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् l यो हेर्न अन्य राज्यहरुबाट पनि दर्शक तथा पर्यटक आएका छन् l

कृतज्ञता /तस्बिर सौजन्य : बिमल नेपाल बोस्टन

 

 

प्रतिक्रिया