एनआरएन अमेरिकाको चुनाव ,चर्चाको शिखरमा – डा. प्रकास अर्याल

इनेप्लिज २०७४ साउन ६ गते १७:११ मा प्रकाशित


अहिले अमेरिकाको नेपाली समुदाय ,एनआरएन अमेरिकाको आसन्न निर्बाचनको माहोलमा जसरी होमिएर तातेको छ त्यो भन्दा बढी चर्चाको बिषय बन्नु भएको छ कोषाध्यक्ष पदका उमेदवार डा . प्रकास अर्याल । नेपालको स्याड्जा जिल्लाको सामान्य गाउँमा जन्मनु भएको अर्याल नेपाल देखि अमेरिका सम्म आउन आफुले निक्कै संघर्ष ,दु:ख र मेहनत गरेर यो ठाउँ सम्म आईपुगेको बताउनु हुन्छ । अमेरिकाको मेरिल्याण्ड बिश्वबिध्यालयको रेडियसन अनकोलोजि बिभागका सहायक प्राध्यापक डा. प्रकास अर्याल गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने ( २०१७-२०१९ ) सम्मको कार्यकालको लागी कोषाध्यक्ष  पदमा आफ्नो उमेदवारीको घोषणा गर्नुको साथै मनोनयन दर्ता पनि गरिसक्नु भएको छ । उहाँले सन् २०१४ मा केनटुकि बिश्वबिध्यालय बाट फिजिक्समा बिध्याबारिधि ( Ph.D ) गर्नु भएको छ । अहिले संसारमै प्राणघातक रोग बनेको क्यान्सरको नयाँ उपचार बिधि रेडियसन अनकोलोजि ( Radiation Oncology ) को बिशिष्ट बिशेषज्ञ समेत हुनुहुन्छ । उहाँले नेपालमा पनि त्रिभुवन बिश्वबिध्यालयमा अध्यापन गराउनुको साथै नेपालकै पुरानो वीर हस्पिटलमा रेडियसन सेफ्टि अफिसर भएर काम गरिसक्नु भएको छ भने हाल उहाँ अमेरिकामा यूनियन हस्पिटलमा पनि कार्यरत हुनुहुन्छ । उहाँले भारतको बम्बई बिश्वबिध्यालयबाट रेडियोलोजिको पनि अध्ययन गर्नुभएका डा. अर्याल नेपाली डायस्पोरमा चर्चित ब्याक्तित्वहरू मध्ये एक हुनुहुन्छ ।

अमेरिकन एसोसिएशन अफ फिजिक्स इन मेडिसिन (AAPM)  सदस्य उहाँ अमेरिकन ब्राचेथेरापि सोसाइटी (ABS) पनि आवद्द हुनुहुन्छ । उहाँले फोरम अफ नेप्लिज इन अमेरिका ( FONS ) र केनटुकि नेपाली सोसाइटि ( KNS ) दुबै संस्थाहरूको अध्यक्ष समेत भएर नेपाली समुदायमा पनि सामाजिक कार्यमा सक्रिय रहँदै आउनु भएको छ । उहाँको दक्षता र क्षमताको फाइदा अमेरिकी नेपाली समुदाय र नेपालले पनि लिन सक्नु पर्छ । एनआरएन अमेरिकामा अव “हाम्रा लाई मात्र होइन ,राम्रा लाई पनि अवसर दियौ ” । उहाँ जस्तो ,सक्षम,योग्य,उर्जासिल ,क्षमतावान र अनुभवी ब्याक्तित्वलाई अवसर दिएर अगाडी ल्याउनु तपाई हामी सबैको मुख्या कर्तव्य पनि हो । उहाँले यस अघि नेपाल पनि जिम्मेवार पूर्ण पदमा बसेर देश तथा समाजको सेवा गर्नुभएको राम्रो र लामो अनुभव पनि उहाँ सँग छ । उहाँका यी अनुभव,सोच,कार्यायोजनाहरू एनआरएन अमेरिकालाई भोलि चुस्त ,दुरुस्त सेवामुखि बनाउँन अति नै उपयोगी सिद्द हुनेछन् । तसर्थ उहाँ जस्तो सफल,सक्षम र क्षमतावान ब्याक्तित्वलाई अवसर दिएर एनआरएन अमेरिकालाई आगामी दिनमा बिधि ,बिधान ,नीति नियममा हिड्ने ,भ्रष्टचार र अनियमितता मुक्त ,सबैको साझा र सहयोगी संस्था बनाउन उहाँलाई निर्बाचित गरि सहयोग गर्न आवश्यक छ ।

अव उहाँको क्षमताको फाइदा अमेरिकी नेपाली समुदायले राम्रोसँग लिन सक्नु पर्छ । उहाँलाई पढाएको,बढाएको यो अबस्था सम्म ल्याउन त्रिभुवन बिश्वबिध्यालय ,नेपाल र नेपाली समुदायको पनि ठूलो भूमिका छ तसर्थ नेपालले पनि अब दोहोरो नागरिताको ब्याबस्था समयमै गर्ने सकेन भने यी प्रतिभाहरूलाई गुमाउन सक्छ । नेपाल बाहिर गएर धेरैले धेरै बिषय बस्तुमा बिशेषज्ञता हासिल गरेका छन् । केहीले सफल ब्याबसाय पनि सन्चालन गरेका छन् । देशको उच्च उत्पादन देशले नगुमाओस भन्नको लागी नेपाल सरकारले दोहोरो नागरिकताको ब्याबस्था गर्न सक्नु पर्थो। यो कुरा नेपाल सरकारले बुझेर पनि बुझ पचाई रहेको छ । बिभिन्न अनाबश्यक बहानबाजि गर्दै टारिरहेको अबस्थामा भोलि निर्बाचित हुने कार्य समितिले यस बारेमा संसार भरी बस्ने नेपाली डायस्पोराको नेतृत्व लिएर नेपालमा आबश्यक पहल कदमी अघि बढाउन पनि निक्कै ढिला भइसकेको छ । अर्कों तिर हामिले नेपाल देखी अमेरिका सम्म टुट,फुट र झुटको राजनीति धेरै गरिसक्यौ । नेपाली समाजले अव नयाँ पन,नयाँ नेतृत्व र परिवर्तन पनि खोजि रहेको छ । यो समाज र समयको माग पनि हो । सकरात्मक परिबर्तनको अपेक्षा गर्नु नै समाजको धर्म पनि हो । यसलाई सचेत नेपाली समुदायले बुझ्नु नै भएको छ । यसर्थ हामिले आसन्न निर्बाचनमा डा . प्रकास अर्याल जस्ता योग्य ब्याक्तिहरूलाई निर्वाचित गरि एनआरएन अमेरिकालाई मर्यादित र पारदर्शि बनाउन सहयोग गर्न जरुरी छ । भोलिका दिनमा सबै तह र तप्काका मानिसले हाम्रो र राम्रो संस्था हो भनि गर्व गर्ने पाउने प्रण गरि अगाडी बढ्नु भएको छ उहाँ । उहाँ जस्ता योग्य ब्यक्तिहरू छान्न यस पल्ट पनि चुक्यौ भने पहिले झै  खराब नियति बोक्नेहरूले हाम्रो टाउकोमा फेरी पनि कुशासनको डण्डा चलाउने छन् । शिक्षित र सभ्य अमेरिकी नेपाली समुदाय यो पल्ट निक्कै सचेत हुन जरुरी छ ।

अमेरिकामा नेपाली समुदायले भोग्दै आएका यावत दु:ख र समस्याहरू सँग चिरपरिचित डा . अर्याल सधै अव नेपाली समुदायले भोग्दै आएको दु:ख र पीडाको आफु साक्षि मात्र बनेर नबस्ने सबैको सयोग र सल्लाहमा “एक ब्याक्ति एक डलर ” माहादान अभियान तत्काल सन्चालन गरेर एक आपात कालिन अक्षय कोषको स्थापना गरि अमेरिका भर आपत बिपतमा परेका,गम्भीर प्रकृतिका बिरामी ,सडक दुर्घटनामा ज्यान गुमाउने नेपालिहरूको दु:खमा मलम लगाउने बाचा गरिसक्नु भएको छ । अर्कों तिर यो प्रतिस्पर्धि अमेरिकामा नेपाली समुदायलाई कसरि सफल ब्याबसायि बनाउन सकिन्छ ? ब्याबसायका संभावनाहरू कहाँ र के के छन् ? कुन प्राबिधिक शिक्षा अध्ययन  गर्दा भोलि राम्रो अवसर प्राप्त हुन्छ ? दैनिक जिवनयापनमा आइपर्ने बिबिध समस्याहरूलाई त्यही क्षेत्रका बिशेषज्ञ र बिज्ञब्याक्तिहरूको समुह बनाई नेपाली समुदायलाई प्रशिक्षित गराउने उहाँका प्रभावकारी योजनाहरू छन् । उहाँका यी दिर्धकालिन सोच ,योजना भोलि नेपाली समुदाय र संस्थालाई पनि निक्कै प्रभावकारी हुने निश्चित छ ।

आजैबाट हामीले खबरदारी गरेनौ भने भोलि पनि यो संस्था फेरि संकटमा पर्न सक्छ । खराब ,अयोग्य ,असक्षम,योजना बिहिन ब्याक्तिहरूको बाहुल्यता यो संस्थामा फेरि पनि बढेर जान सक्छ । यस्ता खराब ब्याक्तिहरूबाट असल कामको अपेक्षा कहिल्यै पनि गर्न सकिँदैन । सक्षम मानिसहरू मौन बसिदिनाले मूर्खहरूले हामी माथि पटक-पटक शासन गर्ने मौका पनि पाउँछन् । हामिले यस्ता गल्तिबाट पाठ सिकेर यस्ता गल्ति दोह्रोराउनु हुँदैन अव । तसर्थ उहाँ सबै साथिभाई ,ईष्टमित्रहरूको सल्लाह र सुझाव बमोजिम कोषाध्यक्ष पदमा आफ्नो उमेदवारी दर्ता गरि प्रजातन्त्रिक बिधि र पद्धति अनुसार आसन्न चुनावी प्रतिस्पर्धाको होडमा सहभागी हुनुभएको छ । तपाईहरूले उहाँको इमान्दारिता ,बौद्धिकता ,प्रतिबद्धता र क्षमतालाई बिश्बास गरि यस कार्यकालमा यस संस्था मार्फत समाज सेवा गर्ने अवसर दिनुको अर्को बिकल्प छैन ।

प्रतिक्रिया