डिसी महानगर क्षेत्रमा सन् १९६७ मा नेपाललाई औधि माया गर्ने र नेपाल भ्रमण गरि सकेका अमेरिकन नागरिक तथा कुटनैतिकहरु द्वारा स्थापना गरिएको उत्तर अमेरिकाको सबैभन्दा जेष्ठ संस्था अमेरिका नेपाल सोसाइटी(समाज )ले डिसी क्षेत्रमा सडक सफाई गर्ने भएको छ l
सफा र स्वास्थ्य वातावरण सम्बन्धि प्रबर्धन तथा जनचेतना गराउनु को मुख्य उद्देस्यले सडक सफाई अभियान गर्न लागिएको जानकारी संस्थाका पदाधिकारीहरुले दिएका छन् l आगामी जुलाई २३ तारिख आइतबार का दिन डिसी क्षेत्रको मनासस शहर मा बिहान ९ बजे देखि उक्त सफाई कार्यक्रम गर्ने भएको छ l साथै उक्त सामाजिक कार्यमा सहभागि हुन् सवैमा अमेरिका नेपाल सोसाइटी डिसी ले आब्हान गरेको छ ऴ
अमेरिका नेपाल सोसाईटीका संस्थापक मानार्थ सभापति एल्सवर्थ बंकर हुन् l उनि नेपालका लागि पुर्व राजदूत हुन् l उनको नेपाल संग बिसेष साईनो भएको हुनाले उनि भियतनाम युद्धमा हुदा पनि नेपाललाई सम्झी नेपालको हितको निम्ति डिसीमा नेपाल अमेरिका सोसाईटी खोल्न सहयोग गरेका थिए l
बिस्तृत जानकारीको लागि यहाँ थिच्नु होला :
http://www.americanepalsociety.org/
प्रतिक्रिया