अब रौतहटको शिक्षा अगाडि बढ्छ : नेता नेपाल

इनेप्लिज २०७४ साउन ५ गते १९:५२ मा प्रकाशित

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको शिक्षा सधैँ पछाडि नरहने बताउँदै सबै मिलेर जिल्लाको शिक्षालाई अगाडि बढाउनुपर्ने बताएका छन् । रौतहटको चन्द्रपुर नगरपालिका वार्ड नम्बर २ मा रहेको निमावि असनवा र रैया टोलमा रहेको महेन्द्र माविको स्थलगत अनुगमन गर्दै गरिब, दलित, मुस्लिम, मधेसी लगायतको समुदायमा शिक्षामा पहुँच नपुगेका समुदायले केही वर्षमा नै स्तरीय शिक्षा पाउने बताएका छन् । वरिष्ठ नेता नेपालले शिक्षाको गुणस्तरमा सुधार गर्नुपर्ने बताएका छन् । नेता नेपालसँगै अनुगमनमा रहेका युनाइटेड वल्र्ड स्कुल्स नेपाल र दियालो फाउन्डेसन नामका संस्थाका सूर्य कार्कीले दुवै विद्यालयको भौतिक पूर्वाधार निर्माण गराइदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेता नेपालसँगै साँसद डा. वंशीधर मिश्र, साँसद राम कुमार भट्टराई, गौर नगरपालिकाका मेयर पदका उम्मेदवार शम्भु साह लगायतका नेताहरुको सहभागिता रहेको छ । गृह जिल्ला रौतहटको भ्रमणमा रहेका नेता नेपालले कार्यकर्तासित भेटघाटमा व्यस्त छन् ।

 

प्रतिक्रिया