आइतबार, कार्तिक ९ २०७७
काठमाडौं १६:४५
वासिङटन डिसी 07:00

नेपाली समुदायको सर्वाङ्गिण उन्नतीका लागि उपाध्यक्षको उम्मेद्वारीः मणि पनेरु

इनेप्लिज २०७४ साउन ४ गते २१:३७ मा प्रकाशित

समाजमा रहेका सम्पूर्ण मतभेद भन्दा माथि उठेर मन, वचन र कर्मले अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरूको प्रतिनिधित्व गर्ने प्रतिवद्धताका साथ मणि नेपाली पनेरु एनआरएनए अमेरिकाको चुनावी मैदानमा उत्रनु भएको छ । तार्किक, वैचारिक, बौद्धिक एवम् दार्शनिक क्यालिफोनिया निवासी पनेरुको क्षेत्रीय उपाध्यक्ष पदको उम्मेद्वारीले अमेरिका स्थित सम्पूर्ण नेपालीलाई उत्साहित गराएको छ ।

एनआरएन एनसीसी अमेरिकीलाई बलियो बनाउन तथा जन–आवाजको सम्मान गर्न आफू सधै लागि पर्ने उहाँले बताउनु भएको छ । क्यालिफोनिया जस्तो सक्षम र समृद्ध राज्यका कुशल व्यक्तित्व सामाजिक सेवामा आउँदा अमेरिकामा बस्ने हरेक नेपालीको लागि गौरवको विषय बनेको छ । समाजको उत्थानका लागि यस्ता दक्ष र सवल व्यक्तित्व आवश्यकता रहेको औल्याउँदै अमेरिका स्थित नेपाली समाजले उहाँको उम्मेद्वारीलाई गौरवका साथ आत्मसाथ गरेको हुन् । उहाँ जस्तो लगनशील र कर्मठ व्यक्तित्व चुनावी मैदानमा आई नेपाल र नेपालीको हितमा लाग्नु अमेरिका स्थित नेपालीहरूले सौभाग्य मानेका छन् ।
युवा, विद्यार्थी, महिला तथा अन्य वर्गहरूको लागि छुट्टाछुट्टै प्रतिनिधिमूलक कार्यदलहरू गठन गरी नेपाली समुदायको सवलीकरण र सर्वाङ्गिण उन्नतीका लागि अघि बढ्ने मेरो प्रतिवद्धता छु,’ उहाँले भन्नु भयो ।

नेपालीहरूको घनावस्ती भएका न्युयोर्क, टेक्सास र क्यालिफोनियालगायका राज्यहरू र अन्य अल्पसंख्यक समुदायहरूसँग समेत गठवन्धन गर्दै अमेरिकाका स्थानीय सरकारमा नेपालीहरूको प्रतिनिधित्व गर्न÷गराउन आवश्यक पहल गर्ने उहाँको सोच छ ।

अमेरिकामा रहे पनि आफ्नो जन्मभूमी नेपालको विकासका लागि एनआरएनले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उहाँको सोच छ । ‘आफू उपाध्यक्ष बनेपछि नेपालको आर्थिक विकास र समुन्नत समाज निर्माणको लागि एनआरएनको सीप, दक्षता, उद्यमशिलता र लगानी नेपाल भित्र्याउने पहल गर्ने छु,’ पनेरुले भन्नु भयो ।
दोहोरो कर प्रणालीको अन्त्य गर्न म लागि पर्ने छु,’ उहाँले भन्नु भयो ‘ नेपाल र नेपालीको हितका लागि नेपाल सरकारका कुटनीतिक नियोग, वाणिज्य दुत र अमेरिकी सरकारवीच पुलको रुपमा रहेर मैले निरन्तर पहल गर्ने छु ।’
नेपालको पर्यटन, जलविद्युत्, हस्तकला र कृषिलगायतका विविध क्षेत्रमा भएका अवसर र चुनौतीका वारेमा अन्तर्राष्ट्रिय जगतमा सूचना सम्पे्रषण गरी नेपालमा वैदेशिक लगानी भित्र्याउने आफ्नो योजना रहेको पनेरुले बताउनु भयो ।
नियमित साधारण घण्टे लाइफ विताउने व्यक्तिदेखि उच्च तहमा पुगेकालाई समेत उत्तिकै सम्मान र आदर गर्ने उच्च व्यक्तित्वका धनी पनेरु गुणात्मक र क्षमतावान व्यक्तित्व हुुनुहुन्छ । उहाँ नेपाल विश्व सहयोग संघ (एनएजीसी) को अन्तर्राष्ट्रिय अध्यक्ष पनि हुुनुहुन्छ ।

सुरेश कोइराला

 

प्रतिक्रिया