सम्पूर्ण अमेरिकावासि नेपालिहरूमा म डा. प्रकाश अर्यालको अपिल

इनेप्लिज २०७४ साउन ४ गते १७:५५ मा प्रकाशित

हामी अमेरिकावासी नेपालीहरू अहिले एनआरएन अमेरिकाको आसन्न चुनावको माहोलमा होमिएका छौ । मैले आज सम्म मेरो जन्मभूमि र नेपाली समाजबाट धेरै कुराहरू लिए ,सिके अझै धेरै सिक्न र बुझ्न बाँकी नै छ । आज म जुन अबस्थामा छु त्यो यही समाजको देन हो । तसर्थ मैले आज सम्म सिके जानेको मेरो अनुभव ,मैले आज सम्म आर्जन गरेको ज्ञान मेरो समाज ,म जन्मिएको देशलाई म जति सक्छु दिन चाहन्छु । किनकी आज म जुन अबस्थामा पुगेको छु यस ठाउँसम्म ल्याउन नेपाल र यो समाजको अमूल्य योगदान छ । समाज सेवा मेरो मुटुमा छ । भविष्यमा मन,बचन र कर्मले मेरो ज्ञान र क्षमताले भ्याएसम्म यही समाज सेवामा सक्रिया बन्ने प्रण पनि गरेको छु । हो मलाई पनि थाह छ यो बाटो सजिलो छैन । चुनौतिका पहाडहरू अगाडी अनगिन्ति छन् । भ्रष्ट राजनीतिबाट प्रशिक्षितहरू देखावटी समाज सेवी बनेका छन् । आफ्नो सानो गल्तिले जीवनभरी कमाएको ईज्जत र प्रतिष्ठा क्षणभरमा धुलिसाथ पनि हुन सक्छ । अगाडीका चुनौतिहरू जे भए पनि म यस अघि देखी नै फोरम अफ नेप्लिज अमेरिका (FONS) र केनटुकि नेपाली सोसाईटी (KNS) दुबै संस्थाको अध्यक्ष भएर मैले समाज सेवामा सक्रिया रहँदै आएको हजुरहरूलाई पनि बिदितै छ । हाल म अमेरिकाको मेरिल्याण्ड बिश्वबिध्यालय को रेडियसन अनकोलोजि बिभागको सहायक प्राध्यापक भएर काम गरिहेको छु । अव मैले पनि नेपाली समाजलाई मैले आज सम्म आर्जन गरेका ज्ञान ,सिप र अनुभव बाँड्ने उदेश्यले गैर आवासीय संघ अमेरिकाको आसन्न निर्वाचन बाट बन्ने ( २०१७-२०१९ ) सम्मको कार्यकालको लागी कोषाध्यक्ष पदमा उमेदवारी दिएको छु ।

हामि यति बिकसित देशमा बसेर उही पुरानै मान्याता ,पुरानै सोच र तरिकाले काम गर्ने थाल्यौ भने आफु त पछि पर्छौ नै विडम्बना हामिले हाम्रो समाजलाई पनि पछाडी धकेल्छौ । अहिले कुरा भन्दा पनि काम बढी गरेर देखाउनु पर्ने समय हो । हाम्रो समाजमा अहिले कुरा गर्न सिपालु मानिसहरू धेरै छन् काम गरि देखाउने कम भएर नै यो संस्थाले यति सम्म बदनाम बनेको हो । तर हामिले सबै पक्षलाई मिलाएर सबै सँग सहकार्य,सहमति,समावेशि,सबैको अपनत्व हुने गरि काम गर्न सक्यौँ भने यो संस्थालाई हामिले नै सबैले सम्मान गर्ने संस्था बनाउन सकिन्छ । अमेरिकामा नेपाली समुदायको जनसंख्या पनि उलेख्य भइसक्यो । अब हामिले हाम्रो समुदायलाई पनि आर्थिक,सामाजिक,रूपले अगाडी लैजान ढिला भइसकेको छ । हामिले हाम्रो भाषा,रितिरिवाज,चालचलन,भेषभूषा,चाडपर्ब पनि जोगाएर पूर्खाको नासो हाम्रा आगामी सन्ततिको हात सम्म हालिदिनु छ । यसर्थ मैले एनआरएन अमेरिका मार्फत समाज सेवा गर्ने निधो गरेर अगाडी बढेको हुँ ।

अहिले एनआरएन अमेरिकामा जुन ढंड्गको चुनावी प्रतिस्पर्धा मार्फत प्रजातान्त्रिक अभ्यास गरिदै छ यो अत्यन्तै सकारात्मक छ । प्रजातान्त्रिक अभ्यासमा सबैले आ-आफ्ना ऐजेण्डा समुदाय सम्म लिएर जाने ,जनमतले जसलाई र जसको ऐजेण्डालाई मन पराउँछन् उसैले समुदायको नेतृत्व गर्छ । यसो गर्दा समाजमा नेतृत्व गर्ने प्रतिस्पर्धा हुँदा राम्रो नेतृत्व जन्मने ,राम्रो कामगरि देखाउन प्रतिस्पर्धा हुने ,समुदायाको उन्नति र प्रगतिको लागी थप जिम्मेवारी थपिने हुँदा सधै सचेत रहनु पर्ने हुन्छ । यो हामि सबैको लागी निक्कै सकरात्मक पक्ष पनि हो । राम्रो कामको लागी भएको प्रतिस्पर्धाले समाजमा प्रया नतिजा सकरात्मक नै निकाल्छ । जुन समुहबाट चुनाव लडे पनि यो प्रजातन्त्रिक बिधि र प्रक्रिया नै हो यसमा अनाबश्यक बिबाद र बहसको कुनै औचित्य छैन चुनाव हारे पनि वा जिते पनि सबैले गर्न खोजेको र गर्न चाहेको समाज सेवा नै हो । कसैले चुनाव हार्दैमा समाज सेवा बाट ऊ बिमुख हुनु पर्दैन र जित्दैमा उसैले मात्र समाज सेवा गर्ने पनि होइन । तसर्थ हामी यो जीत र हारको मानसिकता बाट टाढा नै रहन् सक्नु पर्छ ।

खर्चिलो र देखावटी जुन चुनाव प्रचार प्रसार शैली सबैले अपनाउँदै छौ यसले भोली समाज र संस्थालाई निक्कै नराम्रो असर पार्नेछ । यसको लागी हामी समयमै सचेत,संयमित र जबाफदेही हुन् जरुरी छ । भ्रम ,झुट,फर्जी मतको खेती गरेर एकपल्ट चुनाव त जितौला तर आम नेपाली समुदायको मन कहिल्यै जित्न सकिदैन । समुदाय र सबैले जित्ने कामको शुरुवात यस पल्ट बाट गरौ ।यसले सधै नै समुदायको भलो गर्छ । यो चुनावमा हारजित नगण्य कुरा हो । भाईले जित्दैमा दाईले हार्दैन र दाईले जित्दैमा भाईले पनि हार्दैन । चुनाव जित्नको लागी जे पनि गर्न थाल्यौ ,भड्किलो खर्च गर्न थाल्यौ,अर्कों समुहलाई बिपक्षि देख्न थाल्यौ भने यसले कसैको भलो गर्दैन । हामीले फेसबुक र सोसियल मेडियमा सभ्य नारा मात्र लगाएर हुँदैन ब्याबहारमा त्यसलाई उतारेर पनि देखाउने सामर्थ्य हामीमा हुनु पर्छ । अनि बल्ल समाजले पत्याउँछ । समाजले सधै सहने मात्र गर्दैन । भोली यस्तै हुँदै गयो भने पैसा खर्च गरेर चुनाव लड्नेहरूले तयार गरेका फर्जि सदस्यता भन्दा बाहेक यो संस्थामा बाँकी कोही रहँदैन तसर्थ यो अबस्था आउन नदिना ,यो संस्थालाई सबैले बिश्वास गर्ने संस्था बनाउनको लागी हरेक कुरामा पारदर्शिता र इमान्दारिको खाँचो छ । इमान्दारिता र पारदर्शिता भएन भने आम सर्बसाधरणको पहुँच बाट यो संस्था नजिक हुनुपर्नेमा झन् झन् टाढा बन्न पुग्छ । यस्तो हुन पुग्यो र आर्थिक सम्पन्नता बिना एनआरएनको चुनाव एक सर्बसाधरणले लड्नै नसक्ने परिस्थिति बन्यो भने सबैले आजै सोच्नु हामी गलत बाटो हिडिरहेका छौ । यो बाटो हिड्दा एकदिन यो संस्थाको औचित्य पनि समाप्त हुन सक्छ ।

हामिले नेपाल देखी अमेरिका सम्म टुट,फुट र झुटको राजनीति धेरै गरिसक्यौ । हाम्रो समुदाय भित्र टुटाउने ,फुटाउने र गिराउने दक्षता ,खुबि र क्षमता भएका मानिसहरू प्रशस्त हामिले जन्माइ पनि सकेका छौ । समाजले अव नयाँ पन,नयाँ नेतृत्व र परिवर्तन खोजि रहेको छ । यो समाज र समयको माग पनि हो । सकरात्मक परिबर्तनको अपेक्षा गर्नु पनि समाजको अपराध हो र ? यसर्थ हामिले आसन्न निर्बाचन बाट योग्य ब्याक्तिहरूलाई निर्वाचित गराउन जरुरी छ । योग्य ब्यक्तिहरू छान्न यस पल्ट पनि चुक्यौ भने पहिले झै खराब नियति बोक्नेहरूले हाम्रो टाउकोमा कुशासनको डण्डा पुन चलाउने छन् । सबै अमेरिकाबासी बा-आमा ,दाजुभाई दिदिबहिनीहरू ,समाजसेवी,ब्यापारी,बिधार्थी भाईबहिनि यसपल्ट सबै सचेत रहनु होला । हामिले आजैबाट खबरदारी गरेनौ भने भोलि यो संस्था फेरि पनि संकटमा पर्छ । सक्षम मानिसहरू मौन बसिदिनाले मूर्खहरूले हामी माथि शासन गर्ने मौका पाउँछन् । हामिले यस्ता गल्तिबाट पाठ सिकेर यस्ता गल्ति दोह्रोराउनु हुँदैन अव । तसर्थ मैले पनि साथिभाई ,ईष्टमित्र सबैको सल्लाह र सुझाव बमोजिम कोषाध्यक्ष पदमा आफ्नो उमेदवारी दर्ता गरि प्रजातन्त्रिक बिधि र पद्धति अनुसार आसन्न चुनावी प्रतिस्पर्धामा सहभागी भएको छु । तपाईहरूले मेरो इमान्दारिता ,मेरो प्रतिबद्धहरूलाई बिश्बास गरि यस कार्यकालमा यस संस्था मार्फत समाज सेवा गर्ने अवसर दिनुहुनेछ भन्ने बिश्बास पनि गरेको छु । तपाईहरूले दिने जुनसुकै निर्णय मेरो लागी स्वीकार्य छ । मैले हारे पनि जिते पनि समाज सेवामा निरन्तर लाग्ने प्रतिबद्धता पनि यही अपील मार्फत ब्याक्त गर्न चाहन्छु । सबैलाई नमस्कार ।

 

– डा. प्रकास अर्याल
नेवार्क ,अमेरिका
एनआरएन एनसिसि अमेरिकाको
कोषाध्यक्ष पदको उमेदवार
फोन न. ८५९-६१९-११२१

प्रतिक्रिया