शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०६:५४
वासिङटन डिसी 21:09

एनआरएन एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष पदका उम्मेद्बार गजेन्द्र अर्याल

इनेप्लिज २०७४ साउन ३ गते २३:४५ मा प्रकाशित

म हजुरहरूकै चिरपरिचित गजेन्द्र अर्याल २५ बर्ष अगाडी देखि अमेरिका बसेर तपाईहरूकै सहयोगी र सहयात्री भएको छु ।
मलाई सम्झान भए सम्म आज सम्म मैले कसैलाई एक शब्द नराम्रो बोलेको ,कसैको चित्त दुखाएको ,कसैको बिरूद्दमा नराम्रो चिताएको छु जस्तो लाग्दैन । यति जान अन्जान बस त्यस्तो भएको छ भने म यही स्टाटस मार्फत माफि माग्दछु ।

म अमेरिका बस्न थालेको पनि निक्कै लामो समय भयो । २० बर्ष अगाडीको अमेरिकाको परिस्थिति निक्कै फरक थियो । कहिलेकाँही एक दुई जना नेपाली भेट हुन्थ्यौ । त्यो समयमा नेपालीहरू अमेरिका आउनुहुने निक्कै कम थियौ तर आज समय र परिस्थिति बदलियो । बिश्व नै ग्लोबलाइज़ेशनको कारणले सानो गाउँमा परिणत भयो । नेपालबाट अमेरिका पढ्न आउने ,ब्याबसाय भिषामा आउने,डि .भी लगायत अन्या भिषामा आउनेहरू अवसर र चुनौतिको यो देशमा अवसर खोज्दै जादा ,यहाँ रहँदा बस्दै गर्दा नेपालीहरूको जनसंख्याले पनि आज उलेख्या भईसक्यो । अव हाम्रो नेपाली समुदायलाई भैईपरि आउने बिभिन्न समस्याहरू सँग जुध्नको लागी सबै जात जाति ,भाषाभाषि,समुदाय सबैलाई समेटेर अगाडी बढ्ने भरपर्दो छाता संगठन एनआरएन अमेरिका जति उपयोगि संस्था अरू छैन र हुनै सक्दैन । अमेरिकामा यो संस्था अहिले नै त्यति बिकसित र संगठित बनि सकेको छैन । यसले गर्दा पनि जनअपेक्षा अनुसार यस अघि यस संस्थाले काम गर्न पनि सकेन । त्यो तपाई हामि सबैले महसुस गरेकै कुरा हो । तर अब पटक पटक गल्ति गर्ने,यस संस्थालाई बदनाम बनाउने र नेपालको राजनीति गर्ने थलो यसलाई झुक्केर पनि कसैले बनाउनु हुँदैन ।

हामी यहाँ बसोबास गर्ने नेपालीहरूको संख्या साँढे दुईलाखको हारहारिमा छौ होला । नेपाली भाषा मातृभाषा भएका चाहे उहाँ बर्मा बाट आउनु भएको होस्,चाहे भुटान वा दार्जालिड्ग जहाँ बाट आए पनि हाम्रो भाषा,संस्कृति,चालचलन ,भेषभुषा ,रितिरिवाज ,चाडपर्बहरू एउटै छन् भने सबैसँग हाम्रा संस्कृतिहरू जोगाउँन हामिले हातेमालो गरेर अगाडी बढ्दा हामी सानो भईहाल्दैनौ । अव यदि साँच्चै नै हाम्रो भाषा ,संस्कृति र पहिचान जोगाउने हो भने ढिलो गर्नु हुँदैन । यसको लागी हामिले हाम्रो बिचारलाई संकुचित ,छातीलाई साँगुरो बनाएर कहिल्यै अगाडी बढिदैन । अब हामी सबैले नेपाली समुदाय भित्र रचनात्मक कार्यहरू गर्ने हो भने हामी सबै आफ्ना ब्याक्तिगत स्वार्थ ,लोभ लालच भन्दा माथि उठ्न पनि जरुरी छ ।

हाम्रो नेपाली मातृभाषा बोल्नेको जनसंख्या सबै जोड्ने हो भने अनुमानित तीन लाख ५० हजारको हाराहारिमा छौ होला । हाम्रो परिचय र चिनारि भनेको यो देशमा अव हाम्रो नेपाली भाषा,साहित्य ,संस्कृति,धर्म ,रितिरिवाज ,चाडपर्ब र चालचलन नै हुन् । यसर्थ हामी जति सक्दो संगठित भएर एकातिर हाम्रो भाषा साहित्य ,चाडपर्बलाई जोगाउनु छ भने यो प्रतिस्पर्धि देशमा आर्थिक रुपले पनि स्थापित हुनु पर्ने चुनौति अर्कोंतिर छ । भारत, चीन जस्ता ठूला देशहरूबाट यहाँ आएर ब्यापार ब्याबसाय गरेर अगाडी जानेहरूको तुलानमा एक त हाम्रो जनसंख्या पनि कम छ दोस्रो उनीहरूको तुलनामा ब्यापार ,ब्याबसायि ,डाक्टर ,इन्जीनियर पनि हाम्रो समुदायाबाट निक्कै कम छौ ( जसको गलत अर्थ नलागोस कि हामी छँदै छनौ कमजोर छौ भन्न खोजेको होइन ) । यसर्थ पनि हामि संगठित हुनुको बिकल्प हाम्रो अगाडी अर्कों छैन । संगठन नै शक्ति हो ।

अमेरिका बिश्वकै ठूलो प्रजातन्त्रिक देश । यो जुन प्रजातन्त्रिक बिधि र प्रक्रियाबाट नै हामी सबै एक/ एक समुह बनाएर चुनावी मैदानमा उत्रिएका छौ यो नै प्रजातन्त्रिक बिधि र पद्दतिको देन हो । यसमा हामी अभ्यासत हुन जरुरी छ । हामी उदारणिया भएर संसारलाई देखाउन सक्नु पर्छ । हामीले एक समुहले अर्कों समुहलाई बदनाम गर्ने,होच्याउने जस्ता घृणित काम गरेर हामी बदनामि बन्नु हुँदैन । हामिले अझै धेरै कुराहरू पनि सिक्न र अभ्यास गर्न जरुरी छ । ब्याक्तिगत स्वतन्त्रता भएको यो देशमा को कुन समुदाय बाट चुनावी प्रतिस्पर्धा गर्ने उहाँकै ब्याक्तिगत ईच्छाको बिषय बस्तु हो । यसलाई हामीले ब्याबस्थित ,अनुसासित र संयमित बनाउने कर्तव्य पनि हाम्रै हो । हामिले जुन जुन समुह बनाएर चुनावमा प्रतिस्पर्धा गरे पनि हाम्रो सबैको उदेश्य हाम्रो समुदायको सेवा गर्नु नै हो । को ठीक को बेठिक ? त्यो निर्णय गर्ने अधिकार हाम्रो समुदायको भोटरहरू हातमा छ । चुनाव उहाँहरूले पक्कै पनि सहि निर्णय गर्नु नै हुनेछ । यसमा जित वा हार जे भए पनि हामि मिलेर हाम्रो समाजलाई अगाडी लैजानु पर्छ । यसर्थ मैले पनि मेरा साथि भाई सबैको सरसल्लाह बमोजिम बरिष्ठ उपाध्यक्षमा आफ्नो उमेदवारी दर्ता गरि प्रजातन्त्रिक बिधि र पद्धति अनुसार चुनावमा होमिएको छु । म अर्कों समुहबाट कुनै पनि पदमा प्रतिष्पर्धा गर्नुहुने कसलाई पनि आग्रह र पूर्बाग्रहको दृष्टि ले हेर्ने छैन । सबैले आ-आफ्ना कार्ययोजनाहरू हाम्रो समाज र समुदाय समक्ष लिएर जाउ । सबै उमेदबारहरूको अन्तिम उदेश्य भनेको नै समाज सेवा नै हो । भोलि आम जनसमुदायले जुन नतिज दिनु हुनेछ त्यो सहर्ष स्विकार गरी हारे पनि जिते पनि नेपाली समाज र समुदायको हक ,हित र उन्नतिको लागी जिवन भर लागी परिरहने प्रण लिएको छु । सबैलाई नमस्कार ।

– गजेन्द्र अर्याल
मेरिल्याण्ड ,अमेरिका
एनआरएन एनसीसी अमेरिका
बरिष्ठ उपाध्यक्ष पदको उमेदवार
फोन नं : २४०-४७२-०७३३

प्रतिक्रिया