बुधबार, असोज ६ २०७८
काठमाडौं २२:३९
वासिङटन डिसी 12:54

“रोबोट” बनाउने नेपाली बिद्यार्थीहरुलाई वाशिंगटन डिसीमा अमेरिका नेपाल सोशाईटी द्वारा स्वागत

इनेप्लिज २०७४ साउन २ गते ९:२७ मा प्रकाशित

१५ जुलाई २०१७ – अमेरिकाको सबैभन्दा जेठो संस्था अमेरिका नेपाल सोशाईटी १९६७ ले “रोबोट” बनाऊने नेपाली बिद्यार्थीहरुको टोलीलाई राजधानी वाशिंगटन डिसीमा स्वागत गरेको छ। संसारका १५७ मुलुकका माध्यमिक तहका बिद्यार्थीहरुले भाग लिएको रोबोट बनाउने अन्तरास्ट्रिय प्रतियोगितामा सहभागी हुन आएका नेपालका ६ जना बिद्यार्थीहरुलाईअमेरिका नेपाल सोशाईटीका पदाधिकारीहरुले स्वागत गरेका हुन्।

अमेरिका नेपाल सोशाईटीका अध्यक्ष जिवन तिवारी, पुर्ब अध्यक्ष खेम भट्टचन, ऊपाध्यक्ष प्रभा देउजा, महा-सचिब प्रेम पौडेल
को समुहले रोबोट बनाऊने नेपाली बैज्ञानिक किशोरहरुलाई राष्ट्रपती भवन व्ह्याईट हाऊस नजिकै रहेको कन्स्टीच्युसन हलमा स्वागत गरेका हुन्। “फस्ट ग्लोबल २०१७ च्यालेन्ज” नाम गरेको यस प्रतियोगिताको जुलाई १६ तारिख आईतबार बिशाल ? ऊद्घाटन समारोह आयोजना गरिएको थियो। संसारैभरीका १५७ वोटा मुलुकहरुका प्रतियोगीहरु आआफ्नो मुलुकको झण्डा बोकेर शभाहलमा प्रबेश गर्दा बिश्वो कप् तथा ऒलम्पिकको जस्तै बातावरण देखिन्थ्यो।

ढाका टोपी लगाएर नेपालको तिनकुने झण्डा फहराउँदै नेपाली प्रतियोगीहरु प्रवेश गर्दा बिश्व सामु नेपालको पहिचान झल्किएको थियो।  डिसीनेपाल डटकम् र ईनेप्लीज डटकम् बाट बिशाल समारोहको प्रत्यक्ष प्रशारण गरिएको थियो।


” सियो ” बनाउन पनि नसकेको नेपालले अत्याधुनिक प्रबिधी ” रोबोट ” बनाऊनु भनेको हामी नेपालीलाई
गौरबको कुरो हो – अमेरिका नेपाल सोशाईटीका अध्यक्ष जिवन तिवारीले भने।

प्रतिक्रिया