एनआरएनए चीन को अध्यक्ष पदमा नबिन बिक को उम्मेद्वारी

इनेप्लिज २०७४ साउन २ गते १:४० मा प्रकाशित

 

चितवन घर भै हाल चीन मै बसोबास गर्दै आएका नबिन बिकले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति चीनको अध्यक्ष पदमा उम्मेदवार दिने भएका छन् l एनआरएन चीन मा स्थापना कला देखि नै कोषाध्यक्ष को रुपमा आफूले एनआरएन को यात्रा शुरु गर्दै अहिले सम्म को एनआरएन यात्रामा दुई कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष जस्तो गरिमामय पदमा काम गरि सकेको अनुभवले आफु अब अध्यक्ष पदमा उम्मेदवार दिने निर्णयमा पुगेको बताएका छन् l

सन् २००२ मा उनि दुबई गएर २ बर्ष त्यहाको प्रसिद्ध घड़ी कम्पनि रिभोली ग्रुपमा सेल्सम्यान(बिक्रिकर्ता ) को रुपमा बैदेशिक रोजगारको शुरुवात गरेको उनले बताए l राम्रो कमाई हुदा हुदै पनि दुबई मेरो लागी हैन , म यो भन्दा अरु नै तर यो भन्दा ठुलो कामको लागी जन्मेको हु भन्नी सन् २००४ मा नेपाल फर्किए l

त्यस पछि नेपाल बसाई क्रममा केही समय चाईनिज भाषा पढाउने क्रममा केही ब्यापारीहरुको सम्पर्कमा आउदा ति ब्यापारीहरुले नै चीन जान सुझाब दिए पश्चात, २००५ मा चीनको औघोगिक शहर गोन्जाउ पुगे l तर बर्ष दिन कोठामा सुतेर खानेको बिकल्प उनि संग थिएन l उनि स्मरण गर्दै चीनमा ब्यापार ठुलो हुने र त्यति ठुलो पैसाको कारोबार गर्दा कसैले झ्वाट्ट बिश्वास गर्न गार्हो हुदो रहेछ l त्यसैले १ बर्ष सम्म ब्यापारीहरु संग परिचय गर्दैमा बित्यो भनि आफ्ना ईतिहास का केहि कुराहरु पोखे l

नेपालमा ताईवानका तावजीमहरु संग चाईनिज भाषा सिकेकोले ठुलो काम लाग्यो l अनि आफ्नो चिनको यात्रा चलि रहेको उनले बताए l चीनमा एक पटक कलकत्ताको मारवाडी ब्यापारीलाई ५० हजार डलरको यन्त्र किनी दिदा पन्ध्र सय डलर पाउन पर्ने सेवा शुल्क नदिई गएको तितो अनुभव समेत रहेको बताए l

उनि भन्छन सन् २००७ सालमा हङ्कङबाट बुद्धि बहादुर थापा लगाएतका अग्रज आएर चीनको गोनजाउमा बिधिबत रुपमा एनआरएन चाईनाको शुरुवात भएको बताए l

उनले गोन्जाउ मा दुई वटा नेपाली नामका चमेना गृह कस्तूरी रेस्टोरेन्ट एण्ड बार र अर्को नमस्ते किचन तथा दुई वटा नाइट क्लब(रात्री क्लब ) खोली नेपालका धेरै जनालाई रोजगारको अबसर प्रदान गरेका थिए l अहिले कार्य ब्यस्तताले यी कार्यहरुलाई पार्टनरहरुको जिम्मा लगाई आफु स्टीलपाईप, स्टिलका भाडकुडाहरु , नन उभन फेब्रीक , र धागा बनाउने मेशीन बनाएर निर्यात गर्न ब्यस्तरहेको बताउछन।

यसको साथै सन् २००५ साल देखि फाईभ स्टार ईन्टरनेशनल ग्रुप लिमिटेड (हङकङ) को प्रबन्ध निर्देशक को रुपमा अहिले सम्म नेपाल,भारत ,बंगलादेश, खाड़ी मूलुक र अमेरिका लगायत अन्य देशहरुमा सामानको निर्यात गर्दछन l

उनि चीन चाईना बसेर चीनको नया प्रबिधीहरु नेपाल भित्र्याउन् प्रयास गरि रहेका छन l उनको सामाजिक सेवामा त्यतिनै संलग्नता रहेकोले यसैको प्रयास स्वरुप चितवन मा २०१४ मा नेपालकै पहिलो बालमैत्री अन्तर राष्ट्रिय स्तरको चिल्ड्रेन पार्क (बाल उद्यान )स्थापना गरेका छन् l जस बाट चितवनबासी मात्रै नभैकन छिमेकी जिल्लाका बालबालिकाहरु पनि लाभान्वित भएका छन l गोनजाउमा कोही नेपाल सरकारको उच्च व्यक्तित्वहरु आउदा होस वा दलालको चंगुलमा परेर दुख पाएकालाई उनले सक्दो सहयोग गरेका छन् l आफु भित्र मानवता र समाज सेवा को भावना रहेकोले आफू सेवा गर्न पछि कहिले नहट्ने उनले बताए l उनले आउदो बर्षहरुमा चितवनमा चाईना टाउन र वाटर पार्क खोली चितवन तथा छि जिल्लाबासीहरुलाई काठमांडौको थोक मुल्यमा सामान उपलब्ध गराउने तथा देशमा अत्याधिक गर्मी हुनी ठाउमा पर्यटक तथा स्थानियहरुलाई चिसो पानीले मनोरन्जन गराउने योजना बुनेको पनि बताए।

समाज सेवाको कुरा गर्दा नेपालको बाढी पिडीत होस वा भूकम्प पिडीत राहत कार्यक्रम के लागी पनि अन्य गोनजाउका साथीहरु संगै निकै खटिएका व्यक्तिमा उनि गनिन्छन l

उनि एनआरएन का देश बिदेशको कुनै पनि कार्यक्रम प्राय: छुटाउदैन l नेपालको विश्व सम्मेलन होस वा मलेशियाको एशिया प्यासेफिक क्षेत्रीय सम्मेलन होस, वा छिमेकीहरु राष्ट्रहरु हङकङ,मकाउ ,मध्यपूर्वी एनआरएनको कार्यक्रममा सम्भव भए सम्म सहभागी भएकै हुन्छन । जापान ,अमेरिका लगाएतका देशहरु भ्रमण गरी एनआरएनका साथीहरुसंग सुमुघुर सम्बन्ध कायम गरी आपसी समझदारी बढाएको अनुभब संगालेको उनि बताउदछन l

आफुले स्थापना काल देखि नै निस्वार्थ भावनाले काम गरेको र आफु संग अनुभव पनि रहेकोले आगामी २०१७-२०१९ को लागी अध्यक्ष पदकों दावेदार रहेको उनि बताउद्छन l

अध्यक्ष पद मै किन उम्मेदवारी भनि जिज्ञाशा राख्दा उनी भन्छन, एनआरएन चीन को हाल सम्म पनि दर्ता हुन सकेको छैन l र हाम्रो आधिकारीक कुनै कार्यालय पनि छैन l आफु अध्यक्ष पदमा निर्वाचित भएमा सबै भन्दा पहिला एनआरएन दर्ता गर्ने र कार्यालयको ब्यबस्था गर्ने आफ्ना मुख्य कार्यसूची तथा प्रतिबद्धता रहेको बताए l

२०१३-२०१५ कार्यकाल लगायत साथीहरु हाम्रोअहिलेको समितिमा सहभागी छैनन भन्दै अहिले हामी बीचमा आएको फुट र गुटलाई सधैको लागी अन्त्य गरिने प्रतिबद्धता रहेको उनको रहेको बताए l उनि भन्छन ,मेरो स्वतन्त्र उम्मेद्वारी पनि यसैको प्रतिक हो l मैले कुनै गुट बनाएर वा समुह बनाएर अधक्ष्यको चुनाब मा होमिएको छैन l

उनि भन्छन ,अहिले हाम्रो समिति गोनजाउ र यी उ भन्ने शहरमा मात्रै सीमित छ l यसलाई बढाएर, बेईजिङ, संघाई, लासा, सेनजन लगाएतका क्षेत्रमा पनि बिस्तार गरिने छ l आफु चीनको औघोगिक शहरलाई नेपालका औघोगिक शहर संग र चाईनाका पर्यटकिय शहरलाई नेपालका पर्यटकिय शहर संग भगिनी सम्बन्ध स्थापना गराएर सम्बन्धित क्षेत्रमा ज्ञान र सीप आदान प्रदान गरी नेपालको उधोग र पर्यटन ब्यबसायलाई टेवा पुर्याउने छु l

उनले अगाडी भने गोनजाउमा रहेको नेपालीहरुको एक सय का हाराहरीमा रहेका रहेका ट्रेडीङ कम्पनिलाई ब्यबस्थीत गरी एउटै छातामुनी ल्याई चीन मा हुने हुनी ठगी र चीनमा बिभिन्न समयमा बदलिई रहने नियम कानुन को बारेमा सामाधान तथा सुचना आदान प्रदान गर्ने ब्यबस्था मिलाउने,र चीनमा बस्ने ब्यापारी हरुलाई कहिलेकाही सामान पठाउने क्रममा बिबिध कारणले पैसाको खाँचों पर्दा छोटों समयको लागी बाधा अड़चन फुकाउनको लागी निश्चित रक़म निश्चित समयको लागी उपलब्ध गराउने प्रयास गर्ने छु।

यसको साथै उनि भन्छन ,गोनजाउमा कुनै पनि नेपालीको दुर्घटना भएमा वा मृत्युभएमा प्राथमिक उपचार तथा मृत शरिर नेपाल पुर्याउनको लागी एउटा छुट्टै राहत कोष खडा गर्ने छु। एनआरएन चाईनाको अहिले सम्म कै क्रमभंग गर्दै, प्रत्येक महिनाको आयब्यय को जानकारी तथा गरेका कार्यहरुको सम्पूर्ण बिबरण वेबसाईट(संजाल ) मार्फत सार्वजनिक गरिने छ। एनआरए चीन लाई पनि मध्यपूर्व , एशिया, युरोप, अमेरिका का देशहरुका एनआरएन संग एनआर एनको इतिहास मा पहिलो पटक भगिनी संबन्ध स्थापना गरी, ति देशहरुमा ब्यापार का सम्भाबनाका ढोकाहरु चीनबासी नेपाली ब्यापरीहरुको लागी खोल्ने ब्यबस्था मिलाउने छु।

नेपालको लागि कम्तिमा पनि ३ महिनामा एकचोटी शिक्षा र स्वास्थ्य सम्बन्धी जनसेवा कार्यक्रम चलाउने छु। मेरो कार्यकालमा बर्ष मा १ चोटी नेपाल उत्सव संचालन गरी नेपाली शिप ,कला र सामानको प्रबर्दन गर्ने माहोल बनाउने छु। गोनजाउमा बस्ने ब्यापारी साथीहरु प्राय सबै जना उच्च शिक्षा हासिल गरेका र राम्रो संग बसोबास गर्ने भएकोले वहाहरुले हाम्रालाई भन्दा राम्रालाई मत दिई आफ्नो स्वबिबेक प्रयोग गरी आफुलाई एनआरएन चीन को अध्यक्ष पदमा अत्याधिक बहुमतले जिताउनु हुनेछ भन्नेमा कुरामा आफु बिश्वस्त रहेको बताए l

प्रतिक्रिया