अस्ट्रेलियाका सिनेटरले ९ बर्ष पछि आफू न्युजील्याण्ड बाट आएको थाहा पाए पछि यसरि राजिनामा दिए

इनेप्लिज २०७४ साउन १ गते २२:२० मा प्रकाशित

अस्ट्रेलियामा ३ पटक सिनेटमा बिजयी भै सेवा गरि सकेका एक सिनेटरले गत जुलाई १५ तारिख राजिनामा दिएका छन् l उक्त कुरा खुलाशा भए पछि बाध्यता भै सार्बजनिक रुपमा राजिनामा दिएका हुन् l

४७ बर्षिय स्कट लुडलाम नाम गरेका अल्पसंख्यक ग्रिन पार्टी (हरित दल )का उप नेता समेत रहेका सिनेटरले निर्वाचक क्षेत्र र जनता संग क्षमा मागेका छन् l उनले माफ माग्दै आफू न्युजील्याण्ड बाट भएको आफूलाई अज्ञानता रहेको बताए l

उनले आफ्ना परिवार अस्ट्रेलियाको पर्थ मा आफु ३ बर्षको उमेरमा आफ्ना मातापिता संग आएको र आफ्ना अभिभावकले दोहोरो न्युजील्याण्डको नागरिकता पनि नत्यागेको जानकारी दिए l आफ्ना मातापिता संग न्युजील्याण्ड र अस्ट्रेलिया दुवै भयकोले उक्त कुराको आफु अज्ञानता को कारण समस्या आई परेको बताए l

अस्ट्रेलियाको संबिधान अनुसार संसद सदस्य हुन् अस्ट्रेलिया को मात्र नागरिक भएको हुनु पर्ने छ l नौ बर्ष सम्म अस्ट्रेलियाको सेवा गरेका लुडलाम ले उनि उक्त सरकारी पदका लागि अयोग्य छन् भनि कसैले पनि महसुस गरेका थिएनन् l उनले अपरिहार्य जिम्मेदारी र आफ्नो पूर्ण दायित्व भनि ब्याख्या गरेका छन् l

उनले सामाजिक संजाल ट्वी टरमा सवैमा यो घटनामा आफु दुखी छु तर यो एक समस्या हो l समस्या बनाउन अन्य उपाय हरु पनि हुन्छन ,माया र धन्यबाद ” लेखेका छन् l उक्त समाचार युपिआई ले छापेको छ l

 

प्रतिक्रिया