एनआरएन बेलायतको अध्यक्ष पदकालागि प्रत्यासी उम्मेदवारी पूर्व गोर्खा सैनिक हिराधनले घोषणा गरे

इनेप्लिज २०७४ असार ३१ गते २०:१९ मा प्रकाशित

लण्डन , आषाढ ३१ । अल्डरसटको एक नेपाली रेष्टुरेन्टमा दुई पटक एनआरएन वेलायतका उपाध्यक्ष कार्यकाल सकिसकेका हिराधन राईले औपचारिक रुपमा नेपाली संघ संस्था र पत्रकार साथै उनका शुभचिन्तकहरु सम्मेलन गर्दै एनआरएन वेलायतको अध्यक्ष पदकालागि प्रत्यासी उम्मेदवारी घोषण गरेका हुन् । वेलायती गोर्खा सैनिकमा रहदा सैनिक अण्डाका शारिरिक र तेक्वान्दो प्रशिक्षक रहेका हिराधन राई नेपालको दुर्गम जिल्ला खोटाङ बासपानीका कर्मठ समाजसेवी मणिप्रसाद राईका साइलो छोराको रुपमा जन्मिएर गाउँकै विद्यालयबाट बि.सं. २०४२ सालमा प्रवेशीका(एसएलसी) परिक्षामा दोस्रो श्रेणीमा उतिर्ण हुर्दै उच्च शिक्षा हासिल गर्नका लागि धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस लागेका थिए ।

उनले प्रविणता प्रमाण–पत्र तहको अध्ययन सँगै वेलायती गोर्खा सैनिकमा भर्ति हुने सपना वुन्न थाले । उनको त्यो सपना बि. सं. २०४४ (सन् १९८७) मा पुरा भएको थियो । वेलायती गोर्खा सैनिकको तालिम केन्द्र हङ्गकङ्गमा उनले ४२ हप्ता तालिम समापन गर्न साथ रोयल गोर्खा रेजिमेन्टमा दरबन्दि पाएका राईले गोर्खा रेजिमेन्टमा लगभग १८ बर्ष सम्म सैनिक सेवा पुरा गरेका थिए । सेवाको क्रममा बिभिन्न तालिमहरुसँंगै राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरका पदकहरु समेत प्राप्त गरेका थिए । रोयल गोर्खा रेजिमेन्टमा उनले शारिरिक प्रशिक्षकका रुपमा कार्य गरिरहदा अफगानिस्तानमा संयुक्त राष्ट्र संघीय अन्तर्रा्ष्ट्रिय शान्ति सेनाको प्रशिक्षकका रुपमा समेत कार्य गर्ने अवसर पाउदा संयुक्त राष्ट्रसंघीय पदक तथा फरक राष्ट्रका सुरक्षाकर्मीहरुसँंगको कार्य अनुभवलाई अन्य क्षेत्रमा समेत सदुपयोग गर्ने अवसर पाएका उनले बताए ।

गोर्खा सैनिक सेवामा तेक्वान्दो मुख्य प्रशिक्षकका रुपमा रहदा धेरै प्रशिक्षार्थीहरु उत्पादन गर्नुका साथै आफ्नै जीवनमा पनि अनुशासन र नेतृत्व बिकासका पक्षहरुका बारेमा अध्ययन र अनुभव गर्न पाएका राईले अध्ययनलाई जीवनका अभिन्न अंग सम्झन्दै वेलायती एआर विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातक सम्मका प्रमाण–पत्र लिन सफल भएका छन् । सैनिक सेवालाई रोजीरोटीको रुपमा मात्रै हैन एउटा अवसरको रुपमा लिदै बिभिन्न मुलुकहरुको भ्रमण गर्न पाए, जसमा हङ्गकङ्ग, वु्रनाई, मलेशिया, थाईल्याण्ड,बेलिज, सेरालियोन, कोसोभो, साइप्रस, जर्मनी, केन्या, अमेरिका, क्यानाडा, फोकल्याण्ड, मेसोडोनिया, इराक, अफगानिस्तान, स्पेन, फ्रान्स, अष्ट्रेलिया लगायतका २ दर्जन भन्दा बढी राष्ट्रहरुको भ्रमणमा गर्न पाउदा धेरै कुराका ज्ञान पाएका उनले बताए ।

जीवनमा धेरै आरोह-अवरोह भोग्दै अगाडी बढ्ने क्रममा सैनिक सेवाबाट अवकाश पश्चात जीवनलाई तपसिलका चार क्षेत्रमा केन्द्रित गर्दै अगाडी बढाइरहने उनले जिकिर गरे । उक्त घोषणसभामा उपस्थित रहेका विभिन्न नेपाली संघ संस्था,जातिय संस्था र नेपाली युवा संघका प्रतिनिधि प्रेम गुरुङले उपाध्यक्ष राईलाई आगमी अधिवेशनमा ठुलो सहयोग गर्ने विश्वास दिएका थिए । उपाध्यक्ष राईले भने-‘एनआरएन वेलायतको अधिवेशन सहमतिमा पद भाग लगाउनु नकरात्मक विचार हो ।’

घोषणसभामा बक्ताहरुले केहि पद लिप्त पदाधिकारीहरुका कारण विगतका अधिवेशनहरुमा सहमतिमा ‘नेपालका नेताले झै नियम विपरीत उम्मेदवारी सवैलाई नेतृत्व हस्तान्तरण’ गरेका उल्लेख गरेका थिए । वेलायतमा ६ जना उपाध्यक्ष चयन गरेका कारण एनआरएनए वेलायतलाई संसारभर छरीएका एनआरएनएहरुले खिल्ली उडाएका चर्चा गर्दै आगमी अधिवेशनमा त्यस्तो प्रवृति नदोहोरिन सल्ला दिएका थिए ।

उनले विज्ञप्ति जारी गर्दै एनआरएन वेलायतको अध्यक्ष पदका लागि उम्मेदवारी घोषण गरेका थिए । उनको जारी विज्ञप्तिमा भनिएको छ ,‘ दुई वर्षको उपाध्यक्ष पदको कार्यकालमा रहदा एनआरएन वेलायतले अघि सारिएका केहि एजेन्डाहरु अझै अधुरा छन् । ति अधुरो कार्यलाई आगमी कार्यकालमा पुरा गर्ने प्रतिवद्धता र केहि थप नयाँ एजेन्डाहरु दोहोरो नागरिकता कार्यन्वयनको पहल, आप्रवासी विद्यार्थीकालागि सुचना केन्द्र, नेपाली सामुदायिक भवन निर्माणको पहल, कल्याणकारी कोषको क्षमतावृद्धि जस्ता एजेन्डालाई उनले प्रारम्भिक रुपमा अघि सारेका छन् ।’घोषणसभाका सम्पुर्ण संयोजन उपाध्यक्ष राईका धर्मपत्नि रोजिना राई श्रेष्ठले गरेकी थिईन् ।

 

प्रतिक्रिया