अमेरिकाको लाउडन काउन्टी सर्बाधिक धनि,अग्रता कायमै

इनेप्लिज २०७४ असार ३१ गते २:११ मा प्रकाशित

डिसी महानगर क्षेत्र कै भर्जिनिया पछि मेरिल्याण्ड ले पछ्याउने क्रम जारि राखेको जन गणना विभागले देखाएको छ l घर परिवारको आम्दानीको आधार मा गरिएको सर्वेक्षण अनुसार यस काउन्टी ( जिल्ला जस्तै ) मा बसोबास गर्ने घरवालाको खुद कमाई १ लाख २५ हजार ९ सय रहेको छ l

यसै गरि भर्जिनिया कै फल्स चर्च मा बसोबास गर्ने घरपरिवारको आम्दानी १ लाख २२ हजार ९२ डलर रहेकोले अमेरिकामा नै दोश्रो स्थानमा रहको छ l यसै गरि भर्जिनिया कै फेयर फ्याक्स काउन्टी का घर परिवारको आम्दानी १ लाख १० हजार २ सय २४ डलर रहेकोले तेश्रो स्थान भएको छ l

यसै गरि २० काउन्टी मध्ये मै आर्लिंगटन काउन्टी, फेयरफ्याक्स शहर ,प्रिन्स विलियम काउन्टी , मेरिल्याण्ड का कल्भर्ट तथा मोन्टोगोमेरी काउन्टी पर्न सफल भएका छन् l

जनगणना संख्या अनुसार झन्डै १० हजार लाउडन काउन्टी मा बसोबास गर्ने निवासीहरु ईलाका नजदिक काम गर्ने र अत्यधिकले जागिर घर बाट नजदिक गर्ने देखाएको छ l

सन् २०१५ मा देशब्यापी रुपमा माध्यम परिवारको आम्दानी ५५ हजार ७ सय ५५ डलर भएको अवस्थामा लाउडन ,फल्स चर्च तथा फेयर फ्याक्स काउन्टी को आम्दानी दोब्बर रहेको थियो l

घरको मुल्य निर्धारण आदि ईत्यादी सम्बन्धि काम गर्ने जिलो का अनुसार अहिले मध्यम घरहरुका मुल्य ४ लाख ७२ हजार छन भने घरका बजार मुल्य ५ लाख ७७ हजार ७ सय ४८ छ भनि डब्लु टिओपी ले जनाएको छ l

नेपालीहरु उक्त उक्त काउन्टी मा बसाई सराई गर्ने तिब्र रहेको छ भने प्रसस्त नेपालीहरुले घर खरिद गरि बस्दै आएका छन् l

प्रतिक्रिया