नेपाल चिनाउने रविन्द्र

इनेप्लिज २०७४ असार ३० गते २२:१९ मा प्रकाशित

अमेरिकामा एकजना नेपालीको घरमा व्यक्तिगत रात्रीभोज, त्यो भोजमा नेपाली खानामा झुम्मिरहेका अनी प्रवासी नेपाली समुदायसँग रमाइरहेका अतिथिहरु – स्टेटको सेक्रेटरी, स्टेटको सिनेटर, सिनेटमा विपक्षको नेता, सिनेट्का रिप्रजेन्टिवहरु, छ वटा सिटीका मेयरहरु अनी अन्य विशिस्ट व्यक्तीहरु l सुन्दाखेरी विश्वास गर्न गाह्रो लाग्छ, संस्थागत रुपमा गर्न पनि अली गाह्रो लाग्ने यो कुरा गरेका छन – नर्थ क्यरोलाइना निवासी रविन्द्र कार्कीले l

नर्थ क्यरोलाइनाका नेपाली समुदाय बिच चिरपरिचित नाम हो – रबिन्द्र कार्की l काठमान्डौको धापाखेल मुलघर भएका, विगत डेढदशकदेखि अमेरिकाको नर्थ क्यरोलाइना राज्यमा बसोबास गर्ने कर,लेखा सम्बन्धी एवम घरजग्गा व्यवसायमा आबद्ध रविन्द्रको पहलमा यस अघी पनि यस्ता धेरै कार्यक्रमहरु भएका छन l

केही समय अगाडि सम्पन्न नेपाल डे परेड गराउनका लागि पनि रविन्द्रको भूमिका अहम रहेको थियो l मिलनसार एवम म्रिदुभाषी रविन्द्र असाध्यै सहयोगी छन – आफुले जानेको, बुझेको एवम गर्नसक्ने कुरा गर्न उनी जहिले पनि तयार हुन्छन l एक नभै गुट उपगुटमा विभाजित भएर राजनिती गरेर हिनेको पटक्कै मन पर्दैन रबिन्द्रलाई l एक भएर अघी हिंड्न सके यो अवसर नै अवसर भएको मुलुकमा कती गर्न सकिन्थो होला भन्ने लाग्छ रबिन्द्रलाई l ” तर पनी आफुले सके सम्म त निरन्तर गरिरहन्छु, पछी पर्दिन ” भन्ने सोच छ रबिन्द्रको l कत्ती राम्रो सोचाइ | रबिन्द्र जस्ता मनकारीहरुले नै विश्वव्यापी बनाएका छन नेपाललाई, विश्वसामु चिनाएका छन नेपालीलाई lll

 

प्रतिक्रिया