अमेरिकावासी नेपालीलाई मेरो विशेष अपिल

इनेप्लिज २०७४ असार ३० गते ३:२३ मा प्रकाशित

आदरणाीय अमेरिकाबासी आमा बुवा , दाजु भाइ , दिदी बहिनी र साथीहरू,

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको यही अगष्ट ११ र १२ मा हुन गैरहेको निर्वाचनमा मैले अध्यक्ष पदकालागी उमेदवारी दिएको सर्वविदीतै छ । तपाँइहरुले अहिलेसम्म म प्रति देखाउँदै आउनु भएको सदभाव , माया र बिश्वासकालागी सर्वप्रथम म तपाँइहरुप्रती हृदयदेखि नै आभार व्यक्त गर्दछु । त्यही सदभाव , माया र विश्वास फेरिपनि मलाइ प्राप्त हुने अपेक्षा र समाजसेवामा थप सक्रिय हुने दृढ–संकल्पसहित यसपटकको एनआरएन अमेरिकाको निर्वाचनमा मैले अध्यक्षमा उमेदवारी दिने निर्णय गरेको हुँ ।

यसअघि प्राप्त तपाँइहरुकै सदभाव, माया र विश्वासले मैले एनआरएन अमेरिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्ने मौका पाएँ । यो मौका दिनु भएकोमा तपाँइहरु सबैलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। एनआरएन अमेरिकाको अहिलेसम्मको कार्यशैली, यसको साँगठनीक ढाँचा, संयन्त्र र पदीय हैसियत अनुसार एउटा उपाध्यक्षका रूपमा मैले जे जति गर्न सक्थ्यें, त्यो मैले इमान्दारीपर्वुक गरेँ जस्तो मलाइ लाग्छ । हो, कतिपय कामहरू मैले मात्र चाहेर पुरा गर्न सक्दैनथ्यें , सकिएन , तर मैले कहिल्यैपनि आफ्नो इमान्दार प्रयासलाई कम हुन दिइन । यो अवधिमा मैले जे जस्तो जिम्मेवारी पाएँ, त्यो जिम्मेवारी सफतलापुर्वक सम्पन्न गरेको छु ।

 

कसरी आफना उद्देश्य र लक्ष्य प्राप्त गर्न सकिन्छ ? र त्यसका बाधक के हुन भन्ने गहिरो अनुभव लिएर यसपटक म अध्यक्षको उमेदवार बनेको छु ।

मेरो उमेदवारी अमेरिकाका सबै नेपालीका लागी र मातृभूमि–नेपालकालागी हो । नेपाली–नेपाली बिच नजोडिएको साइनो जोडने , त्यो साइनोलाइ थप बलियो एवं प्रभावकारी बनाउने र जोडिएको त्यो बलियो साइनोलाइ अमेरिकीहरुमाझपनि एउटा सम्पत्तिका रूपमा स्थापित गर्ने मेरो एउटा मात्र उद्देश्य हो ।

यो उद्देश्य प्राप्तीकालागी मलाइ बिकाशोन्मुख देशहरूमा राजनैतिक निर्वाचनमा अपनाइने जस्तो हतकण्डा अपनाउनु छैन । मेरा आफना एजेण्डाहरु छन् । र, ती एजेण्डाहरुलाइ कसरी पुरा गर्ने भन्ने मेरा आफना खाकाहरु छन् । मेरा एजेण्डा र खाकामा तपाँइहरुकापनि एजेण्डा र खाका मिसाएर बलियो एनआरएन अमेरिका बनाउने मेरो चाहना छ ।

व्यक्ति बलियो भए समाज र समाज बलियो भए राष्ट्र बलियो हुन्छ भन्ने सर्वसम्मत मान्यतामा मेरोपनि ठुलो विश्वास छ । यही विश्वासका आधारमा मैले एजेण्डाहरु तय गरेको छु । हामी जस्ता अप्रवासीहरुको कर्तव्य र दायित्व एउटा होइन , दुईवटा राष्ट्रसँग जोडिएको छ । हामीले कर्मको मात्र सन्तुलन होइन , भावनाकोपनि सन्तुलन मिलाउनु पर्नेछ । यो सानो र सामान्य कुरा होइन । निर्वाचनमा जो जो प्रतिद्धन्द्धी भएपनि र पछि जो जोले जितेपनि हामीसँग कर्मभुमि र मातृभूमिको भावनाको सन्तुलन मिलाउने जस्तो ठुलो जिम्मेवारी छ ।

यहाँनेर म एउटा कुरा स्पष्ट पार्न चाहन्छु– म समाज र व्यक्ति बिभाजनकालागी उमेदवार भएको होइन । समाज र देश जोडन र बलियो बनाउनका लागी उमेदवार भएको हुँ । यसमा तपाँइहरु सबैको साथ सहयोगकालागी बिनम्र अनुरोध गर्दछु ।
अन्त्यमा , संक्षेपमा मेरा केही एजेण्डाहरु उल्लेख गर्न चाहन्छु ।

एजेण्डाहरु

– आप्रवासी नेपालीहरूको हर–प्रकारको सहयोगकालागी एनआरएन अमेरिका अन्तर्गत एउटा छुटटै सक्रिय संयन्त्र स्थापना गर्ने ।
– एनआरएन अमेरिकाका सम्पूर्ण सदस्यहरूको दैनिक जीवनमा कुनै न कुनै हिसाबले फाइदा पुग्ने खालका सहुलियत कार्यक्रमहरू परिचयपत्रसहित लागु गर्ने ।
– नव आगन्तुक आप्रवासीहरुकालागी तत्काल आवश्यक पर्ने आधारभूत सहयोग र सल्लाहकालागी एउटा ‘फोकल प्वाइन्ट’बनाउने ।
– एनआरएन अमेरिकाका स्टेट च्याप्टरहरुलाइ विशेष अधिकार प्रदान गर्दै अमेरिकी सरकारका निकायहरुसँगको सम्बन्धलाई तीव्रता दिने । खास गरी , अमेरिकी सरकारका निकायहरुसँगको सम्बन्ध बिस्तार गर्न एउटा छुटटै ‘टिम’ बनाउने ।
– स्थानीय तहका विभिन्न नेपाली संघ–संस्था र एनआरएन अमेरिकाबिचको सहकार्यलाइ प्रभावकारी रूपमा अगाडी बढाउने ।
– अप्रावासी नेपालीमाथी आइपर्ने आकस्मिक संकटहरुको सामना गर्न एउटा ‘आपत्कालीन कोषलाइ अझ थप प्रभावकारी बनाउने ।
–नेपाली भाषा–सँस्कृती र कलाको प्रबद्र्धन र जगेर्नाकालागी स्थानीय संघ संस्थाहरुसँग सहकार्यगरी निश्चित कार्यक्रमहरू बनाउने ।
– अमेरिकामा नेपाली युवाहरूले प्राप्त गरेको विशेष ज्ञान र सिपलाइ थप प्रबद्र्धन गर्न सहयोग गर्ने ।
–एनआरएन अमेरिका मार्फत मातृभूमि नेपालमा हुने परोपकारी तथा कल्याणकारी कार्यहरुलाइ संस्थागत र थप प्रभावकारी बनाउन एउटा छुटटै संयन्त्र मार्फत काम अगाडी बढाउने ।
– एनआरएन अन्तर्राष्ट्रिय समितिमा, एनआरएन अमेरिकाको प्रभावकारी उपस्थितीकालागी आवश्यक पहल गर्ने ।

माथि उल्लेखित एजेण्डाहरु कार्यान्वयनका लागी यसपटक एनआरएन अमेरिकाको अध्यक्षमा मलाइ मतदान गर्नु हुन यहाँहरु सबैसँग फेरिपनि हार्दिक अनुरोध गर्दछु ।

राम सी पोखरेल
एनआरएन अमेरिका अध्यक्षको उमेदवार (२०१७-२०१९)
इमेल: [email protected]

प्रतिक्रिया