मंगलबार, असोज ५ २०७८
काठमाडौं ०५:५०
वासिङटन डिसी 20:05

बर्दियामा डुबेर दुई बालकको मृत्यु

इनेप्लिज २०७४ असार २९ गते ५:०८ मा प्रकाशित

गुलरिया (बर्दिया), २९ असार ।  बर्दियाको वढैयाताल गाउँपालिका–३ जोडीपीपल बस्ने कालु सिंह महराको १२ वर्षीय छोरा राजेश महरा र सोही ठाउँ बस्ने राम सिंह महराको १० वर्षीय छोरा पवन महराले सोही स्थानको चपलनाला तर्ने क्रममा पानीमा डुब्दा दुवैको मृत्यु भएको छ ।

उक्त घटना घटेको थाहा पाउँनासाथ मैनापोखरको इलाका प्रहरी कार्यालयको टोलीले घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयले जनाएको छ । खोलामा पानीको वेग बढेका कारण बच्चाहरु खोला तर्नेक्रममा मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । रासस
––––––

प्रतिक्रिया