बाल्टिमोर एएनए सम्मेलन बाट हामी अझ उत्साहित छौ : खगेन्द्र अधिकारी ,एएनए वरिष्ठ उपाध्यक्ष

इनेप्लिज २०७४ असार २८ गते २३:२९ मा प्रकाशित

गत जुलाई २ तारिखमा भएको एक दिवसीय एएनए सम्मेलनले आफुहरुमा थप उर्जा र हौशला आएको डिसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका एएनएका कार्यकारी समितिका वरिष्ठ उपाध्यक्ष खगेन्द्र अधिकारीले बताए l उक्त सम्मेलनमा सपथ ग्रहण को साथै एएनए आगामी दिनमा अगाडी कसरी बढ्ने तथा अन्य संघ/संस्थाहरु संग राम्रो कारणको लागि कसरी एकबद्ध हुने बिषयले समेत ठुलो महत्व पाएको अधिकारी बताउदछन l

अधिकारीले अगाडी भने अब एएनए नेपाली समुदाय प्रति केहि गर्ने कुरामा जोडतोडका साथ लागि रहेको बताउदै एएनए साझा उद्देस्यको लागि ऐक्यबद्धतामा जोड दिने कुरालाई प्राथमिकतामा राखेको बताए l यसको लागि अन्तरिक रुपमा कदम बढाई रहेको उनले बताए l

अधिकारी एएनए निर्वाचन समितिमा वरिष्ठ उपाध्यक्ष पदमा ३ पटक (ह्याट्रिक ) सर्बसम्मती बाट निर्वाचित भएका पदाधिकारी हुन् l उनले बाल्टिमोरको सम्मेलन अविस्मरणीय भएको बताउदै ३४ बर्ष को ईतिहास बोकेको एएनए अव पछाडी नफर्किने र अगाडी सकारात्मक सोचले हिड्ने मानसिकता बनाएको उनले बताए l

 

 

प्रतिक्रिया