बुधबार, कार्तिक १२ २०७७
काठमाडौं २२:५०
वासिङटन डिसी 13:05

मैले आँटेको कुरा पुरा गर्न कहिले सम्झौता गर्दिन : जेदु पोखरेल ,एनआरएन अमेरिकाका उपाध्यक्ष पदका प्रत्याशी

इनेप्लिज २०७४ असार २७ गते १:२७ मा प्रकाशित

एनआरएन मेरिल्याण्ड शाखाका अध्यक्ष जेदु पोखरेल गैर आवासीय नेपाली संघ अमेरिकाका लागि उपाध्यक्ष पदका प्रत्याशी हुन् l उनले समय भित्र उम्मेदवारी दिएका छन् l उनले ईनेप्लिज संग कुरा गर्दै भने मैले आँटेको कुरा पुरा गर्न कहिले सम्झौता गर्दिन l आफु त्यसमा लागि रहने आदत भएको बताए l

पोखरेल एनआरएन अभियानका एक सशक्त उपाध्यक्ष पदका दावेदार उम्मेदवार हुन् l उनले आफ्ना कार्यकालमा उनको समिति ,सहयोगी र शुभचिन्तक हरुको प्रत्यक्ष या परोक्ष रुप बाट पाएको सहयोगको कारण उनको नेतृत्व अमेरिकामा सर्बाधिक चर्चामा रह्यो l

उनले बचन गरेका कुरा फत्ते गरेकोमा उनि सन्तोष मान्दछन l उनि अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि बाल्टिमोरमा भएको नगरभवन बैठकमा ३ वटा प्रमुख काम सम्पन्न गर्न पहल गर्ने प्रतिबद्धता जाहेर गरेका थिए l र त्यसमा उनले काम गरे l

उनको पहिलो मुद्धा मेरिल्याण्डमा बसोबास गर्ने नेपालीहरुको बास्तबिक जनसंख्याको तथ्याङक निकाल्न पहल गर्ने ,दोस्रो मेरिल्याण्ड सवारी साधन बिभाग मा नेपाली भाषालाई मान्यता दिलाउन पहल गर्ने र तेश्रो सामुदायिक भवन बनाउन पहल गर्ने बताएका थिए l

उनि र उनका सहयोगीको कारण उनको नेतृत्वमा मेरिल्याण्डमा सवारी साधनको परीक्षा दिदा मातृभाषा नेपालीमा नै दिन पाईने ब्यबस्था गराउन सफल भए l

उनको अध्यक्ष कालमा अस्थाई सुरक्षा दर्जा (टिपी एस ) सहुलियतको लागी हस्ताक्षर संकलन अभियान ,अस्थाई सुरक्षा दर्जा (टिपीएस )को बारेमा जानकारी तथा सुविधा प्राप्त गर्नेको लागि योग्यता सम्बन्धी निःशुल्क कानुनबिदको ब्यबस्था समेत उनि र उनका सहयोगी हात बाट सम्पन्न भयो l उनि शाखा मा मात्र सिमित नभई राष्ट्रिय समन्वय समितिमा काम गर्न चाहना रहेकोले एनआरएन अमेरिका को उपाध्यक्षमा उम्मेदवार दिएका छन् l

उनले सार्वजनिक गरेको भनाईहरु जस्ताको त्यस्तै :

उनि भन्छन ,’समाजको काम गर्न पाउनु मेरो लागि मन्दिर जानु सरह हो ।” थप गर्दै उनि यसो भन्छन ,समाजसेवी समाजको बेतलवी कर्मचारी हो, समाजद्वारा पाउने मायॉ र प्रेरणा नै उसको गड़धन हो । राम्रो काम गरे मान र नराम्रो गरे अपमानको तिखो धारमा समाजसेवीको जीवन बाचेको हुन्छ । मान र अपमानको दोसॉधमा दौड़ने जीवन पक्कै पनि सहज छैन । तर पनी समाजिक कामको workaholic लत बसिसके पछी छुट्न गार्हो हुदोरहेछ । हुन त धर्मशास्त्रले समाजसेवालाई पवित्रकाम र उत्तम जीवन भनेको छ l त्यसैलाई आत्मसाथ गर्दै गैरआवासिय नेपालीसंघको माध्यमबाट मैले मेरो वाकी जीवनलाई समाजसेबामा नै अर्पणगर्ने निधोगरी गैरआवासिय नेपालीसंघ राष्ट्रीय समन्वय समिति अमेरिकाकोआसन्न निर्वाचन(१७-१९)को उपाध्यक्ष पदमा उम्मेदवारी दिएकोबारे यहॉहरुलाई पहिला नै बताईसकेको छु ।

त्यसैले यदी तपाईहरुले मलाई सक्षम सम्झी एनआरएन अमेरीकाको उपाध्यक्ष पदमा विजयी गराईदिनु भयो भने मेरा प्रतिबध्दता निम्नानुसार हुनेछन ।

आगामी निर्वाचनको लागी जतिपनि उम्मेदवारहरु हुनुहुन्छ प्राय सबै साथिहरुका एकैखाले प्रतिब्द्धता देखियो केहि साथिहरु संग मेरा प्रतिबद्धता मिल्न गएको हुनसक्छ तर परिपुर्ती गर्ने मेरा उपाय /तरिका फरक भएको यहॉहरु समझ अनुरोध गर्न चाहान्छु र कतिपय साथिहरुका प्रतिबद्धतामा मेरो सहमति समेत भएको अनुरोध गर्दछु ।

प्रतिबद्धताहरु:-

१ – स्टेट च्याप्टर भएका हरेक स्टेटमा सामुदायिक भवनको निर्माण को पहल ।
२-“जीवनमा एकपटक मात्र पॉचडलर सहयोगअभियान ” मार्फत आपतकालिन कोष (Emergency Fund)खड़ा गर्ने ।
३-मेरिल्याण्ड Motor Vehicles Administration मा Driving license को परिक्षा दिदा मातृभाषा नेपालीमा परिक्षादिन पाउने ब्यबस्था गरेको अनुभवको आधारमा अरु बॉकि च्याप्टरहरुमा पनि सोहि मुताबिक़ पहल गर्ने छु ।
४- दशैको टिकाको दिन पब्लिक स्कुलहरुमा छुट्टी गराउन पहल गर्ने तथा पब्लिक स्कुलको पाठ्यक्रममा नेपाली भाषालाई एेच्छिक भाषाको रुपमा राखिदिन अनुरोध गर्ने ।
५:- ७५ देशका राष्ट्रीय समितीसंग एकआपसमा समन्वय गरी भाईचाराको सम्बन्ध स्थापित गर्ने, सांगठानिक अनुभव , सांगठानिक भ्रमणको आवत जावत एवं आबस्यक प्रशिक्षण लिने दिने संस्कृतिको स्थापना गर्ने ।
६-प्रवासी नेपाली बिद्धत बर्गलाई एनआरएनमा आकर्षण गर्ने तथा सक्रियरुपमा आबद्धगराउन उपाय खोज्ने ।
७- बिदेशको नागरिकता लिएका प्रवासि नेपालीहरुको लागी नेपालजादा लाग्ने भिसा शुल्कलाई निशुल्क गराउन एनआरएन आईसिसिसंग समन्वयगरी पहल गर्ने ।
८- प्रत्यक्ष संचार बिकासको मेरुदण्ड हो त्यसैले NRN world Television को स्थापना गर्न पहल गर्ने,
जसको Head Quarter अमेरिकामा हुनेछ ।

ज्ञात रहोस बिदेशमा नेपालीहरुको जनसंख्या ५५ लाखको हाराहारिमा भएको पाईन्छ ।

९-कलेज पढ्ने नेपालि बिद्धार्थीहरुलाई पनी NRN मान्ने प्रावधानको ब्यबस्था गर्न पहल गर्ने ।
१०- भाषा संस्कृतिको बिकासको लागि आबस्यक पहल गर्ने ।११-स्थानीय संधसंस्थाहरसंग समन्वय गरि समाजका आवश्यकताहरु लाई परिपुर्ती गर्दै जाने ।
१२- युवाबर्गको आकर्षण एवं उपस्थितिमुलक कार्यहरु गर्ने ।
१३- संगठनको बृहतबिस्तारको लागी सदस्यता शुल्क शुलभ हुनु अति आबस्यक छ । संस्थाको लागि १५००० सदस्य बनाएर २२५,००० डलर जम्मा गर्ने अवधारणा भन्दा ५०,००० सदस्य बनाएर २५०,००० डलर जम्मा गर्ने अबधारणा वैज्ञानिक हुनआउँछ त्यसैले सदस्यताशुल्क धटाउन पहल गर्ने ।
१४- प्रत्यक्ष निर्वाचन प्रणालिलाई बार्सीक साधारण सभामामै पारित गरेर लागुगर्न पहल गर्ने ।
१५- एनआरएनए Nonprofit and nonpolitical organization हो त्यसैले अमेरिकास्थित गैरआवासिय नेपालि समाजको रायसुझाव र सल्लाहा नै मेरा लागि मुलमन्त्र हुनेछन । त्यसैले सारासमाजको आव्हान नै मेरालागी दिशानिर्देश हुनेछ ।

अन्तमा माथि उल्लेखित हरेक बुदागत प्रतिबद्धताको मेरो आफ्नो बिचारको ब्याख्या फेसबुकमा अलि लामो हुने हुँदा कुनै अख़बार मार्फ़त यहॉहरुलाई प्रस्तुत गर्ने प्रण गर्दछु ।

धन्यबाद ।

जेदु पोखरेल ,एनआरएन अमेरिकाका उपाध्यक्ष पदका उम्मेदवार

 

प्रतिक्रिया