मंगलबार, कार्तिक ४ २०७७
काठमाडौं ०६:०७
वासिङटन डिसी 20:22

एनआरएनए आईसीसी सदस्यमा मैले यस कारण उम्मेदवारी दिएको छु: सुशील रेग्मी

इनेप्लिज २०७४ असार २६ गते २३:५४ मा प्रकाशित

मेरिल्याण्ड निवासी तथा एनआरएन अमेरिकाका सदस्य सुशील रेग्मीले आगामी निर्वाचन एनआरएनए आईसीसी सदस्यमा उम्मेदवारी दिएका छन् l बिगतमा आफुलाई माया गर्ने बासिगटन डिसी एरिया बासी लगायत अमेरिकामा रहनु हुने सम्पूर्ण मेरा साथी भाई ईष्टमित्र तथा मान्यजनहरुबाट फेरी एक पल्टको लागी NRNA ICC MEMBER मा अत्यधिक मत दिई बिजयी गराउनु हुनेछ भन्ने बिश्बासका साथ उम्मेदबारी दिएको छु !!!

उनको भनाई जस्ता को त्यस्तै :

आदरणिय मान्यजनहरु हजुरहरुको मायाले नै गर्दा मैले २ बर्ष अमेरिकाको एन आर एनको सदस्यमा काम गर्ने सुनौलो मौका पाँएको थिए !

मैले हजुरहरुले दिएको मतको कदर गर्दै बिगत २ बर्षमा निम्न काम गरे ति यस प्रकार छ :-

(१) NRNA USA को रोड म्याप तयार गर्ने काम गरियो जुन यस सँस्थाको मेरु दण्ड नै हो !
(२)By Laws बनाउने काम सम्पन्न गरे ! जती बेला मुद्दा मामलाले NRN USA को गरिमानै खतम भईसकेको थियो त्यसलाई जीवन्त राख्ने काम म बाटै भएको हो ! यसको शुरुवात मैले मेम्बर बनाउदा फोटो ID राख्नु पर्दछ भनी भन्ने ब्यक्ती नै मैहू साथै ५औ AGM बाट यो पास पनी भएको छ! यसैबाटनै यहाँका जनताले यस सस्थालाई विश्वास गर्ने बाताबरण श्रृजना भयो !
(3) ICC को लागी यहाँबाट प्रतिनिधि काठमाण्डौ पठाउने काम पनी मै बाट सम्पन्न भएको हो !
(४) बाडी पिडित होस या भूकम्पपिडित या अमेरिकामा कुनै घटना हूदाँ जहिले पनी सहयोगका लागी हात बडाउने काम म बाटभएको नै छ !
(५)नेपाललाई भारतले नाका बन्दी गर्दा न्यूयोर्क तथा वासिंगटन डिसिमा भएको बिरोध कार्यक्रममा म कतै चुकेको छुईन!
(६) नेपालमा सँबिधान बन्दै गर्दा त्यसलाई सर सल्लाह दिनको लागी NRN USA को तर्फबाट म पनी चुनिएको थिए !
(७) बिग्रीएको यस सँस्थाको म्यानेजमेन्टलाई सही बाटोमा ल्याउने कामको शुरुवात म बाटै भएकोहो !
(८) नेपाल एम्वेसीले असाईलम गरेका परिबारलाई पासपोर्ट बनाउन बन्द गरेको गरेकोमा उनीहरुलेपासपोर्ट पाउनु पर्दछ भनी आवाज उठाउने मा म पनी पर्दछु !
(९) TPS को समयमा उनीहरुलाई परेका समस्याको समाधान गराउन मैले पनी भूमिका खेलेको छु !

बोर्ड सदस्यका अधिकारहरुथोरै मात्र हुन्छन त्यही अधिकारको सीमा ननाघी मैले यस सँस्थामा बसेर जती काम गरे त्यती काम कुनै अन्य सदस्यले गरे जस्तो मलाई लाग्दैन !मैले जे जती गरे त्यसले तपाईहरुले दिएको मतको कदर नै भएको छ भनी भन्ठानेको छु !

यस सँस्थामा रहेका पुरातनबादी कुराहरुलाई बदल्नकै लागि आउदै गरेको चूनावमा NRNA ICC MEMBER मा खडा भएको छु , अबस्य पनी मलाई अत्यधिक मत प्रदान गर्नु भई बिजयी गराउनु हुनेछ ।।।

जय एन आर एन यू एस ए

प्रतिक्रिया