बुधबार, कार्तिक १२ २०७७
काठमाडौं २३:०४
वासिङटन डिसी 13:19

अमेरिकाका विराटनगरीयाहरुको भब्य भेटघाट तथा पिकनिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ असार २५ गते १४:३५ मा प्रकाशित

ईनेप्लिज, भर्जिनिया ,बिराटनगरबाट अमेरिका आई वाशिङटन डिसी तथा वरीपरीका राज्यहरुमा बसोबास गर्ने नेपालीहरुले हिजो भर्जिनिया स्थित फेयर फ्याक्स सिटीमा एक भब्य भेटघाट कार्यक्रम सहितको पिकनिक मनाए । विराटनगरियाको उक्त भेटघाट कार्यक्रमलाई विराटनगर महानगरपालिकाको नव निर्वाचित मेयर भीम पराजुलीले लाईभ फोन मार्फत सबै लाई शुभकामना ब्यक्त गर्दै आफु लाई सहयोग र सल्लाह दिन अनुरोध गर्नु भएको थियो ।

आपसमा भाईचारा कायम गर्दै दुख र सुख साटा साट गर्ने उदेस्य लिदै बार्षिक रुपमा भेटघाट, पिकनिक, तीज तथा दशै तिहार जस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको बिराटनगरीया भेटघाटका आयोजक स्वयमसेवक सदस्य मध्यका राजन अधिकारी बताउछन ।

भर्खरै मात्र विराटनगरलाई महानगरपालिका घोषणा गरीएकोमा सबै सहभागीहरुले खुशी ब्यक्त गरे । अब अमेरिकामा बसोबास गर्ने हामी बिराटनगरीयाले आफ्नो महानगरपालिका लगायत त्यस क्षेत्रको बिकासमा टेवा दिनु पर्ने र त्यसमा बिराटनगरिया भएको नाताले पनि थप जिम्मेवारी बढेको अर्का आयोजक स्वयमसेवक सदस्य सुमन तिमील्सिनाले बताए ।

अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको पहुच आईटी क्षेत्रमा पुर्याउन आफ्नो सकृयताका बारेमा प्रकाश पार्दै आईटी पढेर रोजगारीका लागी भौतारिएका नेपालीहरुले आफ्नो सस्थामा सर सल्लाह लिन सक्ने ब्यहोरा आइटी क्षेत्र का बिज्ञ गोपी उप्रेतीले जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा कानूनी क्षेत्रमा अध्यापन गर्दै आउनु भएकी कानून विद माधवी कार्कीले कानून अध्यापन र कानूनी राय सल्लाहमा आफुले गर्न सक्ने सहयोगका बारेमा प्रकाश पार्नु भएको थियो ।

त्यस्तै, विराटनगरबाट आएर अमेरिकामा अध्ययन तथा अध्यापन गर्दै आफ्नो बिज्ञताका बारेमा डा. मेदिनी भन्डारीले प्रकाश पार्नु भयो । उक्त कार्यक्रममा स्थानीय चेली प्रभा भट्टराई देउजाले सामाजिक कार्यमा सबै लाग्नु पर्ने र यसैबाट आफ्नो जिवन सार्थक हुने ब्यहोरा ब्यक्त गर्दै नेपालमा आफुले सहयोग गर्दै आएको हरिसिद्दी पब्लिक स्कुलका बारेमा प्रकाश पार्नु भयो ।

उक्त कार्यक्रममा नेपालबाट घुम्न आएका पाउनाहरुको समेत उपस्थिती रहेको थियो । नाच गान सहित बिराटनगर को बिषेश “पान ” ले सबै को मुख मिश्ठान गरीएको थियो । कार्यक्रममा खानाका लागी नपुग रकम बिराटनगरिया तथा रिएल्टर कमल पारेखले सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया