बाल्टिमोरमा गाईजात्रा कार्यक्रम हुने

इनेप्लिज २०७४ असार २५ गते १२:०३ मा प्रकाशित

मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गाईजात्रा उत्सव मनाइने भएको छ l गाईजात्रा फेस्टिवल २०१७ नाम दिइएको उक्त कार्यक्रम आगामी जुलाई २३ तारिखका दिन हुने भएको छ l गाईजात्रा कार्यक्रममा कलाकारहरुमा प्रहसनका ख्यातिप्राप्त कलाकार तथा गायक रतन सुबेदी ,चर्चित आधुनिक गायक प्रमोद खरेल तथा अहिले का प्रसिद्ध चर्चित हास्यव्यंग्य कलाकार सन्दिप छेत्रीको बिशेष प्रस्तुति रहने छ l

यसै गरि आधुनिक गीत तथा लोक गीत कि नृत्यांगना यशोदा खालिङ्ग राई तथा कृति ज्ञवाली तथा साथीहरुको बिशेष प्रस्तुति हुने छ l यसै गरि अतिथि कलाकारहरुमा हेमन्त श्रेष्ठ ,व्यंग्य कविता लिएर आउने छन् भने हास्य व्यंग्यमा खेम शर्मा को बेजोड प्रस्तुति रहने छ l यसै गरि एनपीपीए को तर्फ बाट धिमे बाजा पनि प्रस्तुत हुने छ l

लाइन्स क्लब अफ बाल्टिमोर नेपलिज को निशुल्क स्वास्थ्य शिबिरको सहयोगार्थ गाई जात्रा उत्सव २०१७ को आयोजना गरिएको हो l प्रवेश शुलक $ २५ डलर राखिएको छ भने कार्यक्रम सेन्ट पिएस एक्स चर्च बाल्टिमोरमा हुने छ भने कार्यक्रम साँझ ६:३० बजे सुरु हुने जानकारी आयोजकले दिएका छन् l

बाल्टिमोरका समाजसेवी विजय श्रेष्ठ तथा कलाकार रतन सुबेदी बाट टिकट खरिद गर्न सकिने जानकारी दिएका छन् l

 

 

 

प्रतिक्रिया