अफ्रिकामा पहिलो नेपाली गीत

इनेप्लिज २०७४ असार २४ गते २०:२४ मा प्रकाशित

कम्पला , युगान्डा । गैर आवासिय नेपाली संघ , युगान्डाका अध्यक्ष रमेश कंडेलले अफ्रिकाको इतिहासमै पहिलो चोटी नेपाली गीतको अडियो रेकर्ड तथा भिडियो छायांकन अफ्रिकामा गरि नयाँ रेकर्ड कायम गरेका छन । उनकै शब्द ,स्वर तथा परिकल्पनामा तयार भएको यो गीतको बिमोचन आज सम्पन्न हुने एनआरएनए युगान्डाको तेस्रो अधिबेशनको अबसरमा हुदैछ ।

एनआरएनएका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापा , अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्की र एनआरएनए युगान्डाको सहयोगमा तयार पारिएको यो गीत र नृत्य नेपाली कला संस्कृतिलाई अफ्रिकामा प्रबर्द्धन गर्ने बिश्वाश गरिएको छ ।

गीत तलको युट्युब लिङ्कमा हेर्न र सुन्न सकिने छ् ।

प्रतिक्रिया