एएनएचएस स्वास्थ शिबिरबाट नेपाली समुदाय लाभान्वित ,अगस्तमा पुन: निशुल्क स्वास्थ्य शिविर संचालन गरिने

इनेप्लिज २०७४ असार २४ गते १०:३७ मा प्रकाशित

अमेरिका नेपाल सहयोगि समाजले डीसी क्षेत्र वरपरका नेपाली समुदायले लाभ उठाउन सकुन भन्ने हेतुले नेपाली पाठशालाको सुरुवात संगै अझ समाज सेवामा थप योगदान दिने उद्देस्यले स्वास्थ्य शिविरलाई दिर्घ कालिन योजना बनाई निशुल्क स्वास्थ्य शिविर संचालन को श्रीगणेश गरेको छ l

सन् २००८ मा डिसी क्षेत्रको भर्जिनियाको मनासस शहरमा स्थापित गैर मुनाफा सामाजिक संस्था डीसी क्षेत्रको क्रियाशील संस्था मध्ये कै एक हो l स्थापना काल देखि नै सशक्त रुपमा समाजमा अनेक क्रियाकलाप गर्दै आएको एएनएचएस सन् २०१५ मा नेपालमा भूकम्प जाँदा अमेरिका बाट सवै भन्दा पहिला नेपाली समुदायको प्रतिनिधित्व गर्दै एक उद्धार टोलि मानवीय सेवा गर्न नेपाल जाने पहिलो सँस्था बन्न पुगेको थियो l

संस्थाले गत बर्ष देखि अमेरिका नेपाल शिक्षा सदन नामक नेपाली पाठशाला स्थापना गर्दै यस भेकका अमेरिकामा जन्मेका बालबालिकालाई समेत नेपाली भाषा लेख र बोल्न को साथै अन्य बिबिध क्रियाकलापमा संलग्न गर्दै आएको छ भने अर्को परियोजना स्वास्थ्य शिविरलाई उच्च प्राथमिकतामा राखेको छ l

यसै क्रममा गत जून २७ तारिखका दिन भर्जीनियाको मनाससमा स्वास्थ्य शिबिर सम्पन गर्यो l उक्त स्वास्थ्य शिबिरमा डीसी महानगर क्षेत्रका ६० जना बिरामीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरि आवस्यक परामर्श दिइनुका साथै रगत जाँच समेत गरिएको थियो।

शिविरमा बिशेष गरि स्वास्थ्य बिमा नभएका ,जेष्ठ नागरिक र अझ स्वास्थ्य परामर्स लिन चाहने व्यक्तिहरुलाई सेवा प्रदान गरिएको थियो। उक्त शिबिर सफल रुपमा सम्पन्न गर्नको लागि सहयोग गर्नु हुने चिकित्सक रोशन मैनाली ,चिकित्सक सपना मैनाली ,चिकित्सक अनिल सुवाल, चिकित्सक लिलि केसि ,इएमटि. मधुसुदन पन्थि, स्वास्थ्य परिचारिका अप्सरा अर्याल लगायत नर्स (स्वास्थ्य परिचारिका )पूर्ण घिमिरे तथा स्वास्थ्य परिचारिका (नर्स )नारायण गौतम रहेका थिए l

संस्थाको सम्पूर्ण क्रियाशिल सदस्यहरु तथा मनाससबासी नेपालीहरुको सक्रियतामा शिबिर सफलतापूर्बक सम्पन्न भएको हो।सस्थाका संरक्षक मधुसुदन पन्थि तथा अल्टमेट मेडिकल सेन्टरका अध्यक्ष पदम रेग्मिले स्वास्थ शिबिर सम्पन्न गर्नको लागि भवन तथा स्वास्थ्य सामाग्रि निशुल्क उपलब्ध गराएका थिए l

अमेरिका नेपाल सहयोगि समाजले प्रदान गर्ने गरेका सेवा मुलक कार्यक्रम मध्ये कै यस्तो स्वास्थ्य शिबिर पहिलो हो l त्रैमासिक रुपमा यस्ता स्वास्थ शिबिर सञ्चालन गर्दै लग्ने सस्थाको योजना रहेको छ l अमेरिका नेपाल सहयोगि समाजले स्थापना काल देखि नै परम्परा, संस्कृति तथा सहयोगि भावनालाई प्रबर्धन गर्दै आई रहेको छ।

यसै गरि आगामी स्वास्थ्य शिविर अगस्त ५ तारिखका दिन बिहान ८ बजे देखि ४ बजे सम्म हुने छ भने उक्त निशुल्क स्वास्थ्य परिक्षण को अलभ उठाउन नेपाली समुदायलाई आग्रह संस्थाले जानकारी गराएको छ l बिस्तृत जानकारीको लागि संस्थाको आधिकारिक संजाल (वेब) हेर्न सक्नु हुनेछ l

 

प्रतिक्रिया