“ए हमारा गौर का प्रथम पटक भ्रमण है” भन्ने मानिस अमेरिकामा हिन्दि भाषा र गीत गाउन सिपालु :विजय थापा

इनेप्लिज २०७४ असार २३ गते १:१७ मा प्रकाशित

नेपालमा मैले थाहा पाए अनुसार सवै भन्दा पहिला रौतहट जिल्लाको गौर शहरमा “ए हमारा गौर प्रथम पटक भ्रमण है ” भनेको अहिले जस्तो लाग्दछ l सन् १९८७ को कुरा हो l प्रथम जागिर र प्रथम पटक मलाई कसैले हिन्दीमा सोधे पछि मैले त्यस्तो उत्तर दिएको हो l थोक ओखति पसलका साहुले सोधेका हुन् र उनले मिलाएर सुने l

ओखति प्रतिष्ठान (फर्मास्युटिकल कम्पनि )मा ओखति बिक्रि प्रतिनिधि (एमआर ) हुँदा मलाई पेशामा डोराउने नजिकका नातेदार थापा थरका दाई साक्षी हुनु हुन्छ l वहा त्यस बखत मरिमरि हास्नु भएको थियो l पछि सम्म मलाई जिस्काउनु हुन्थ्यो l र ,अस्ति भर्खर पनि अमेरिका बाट नेपाल कुरा हुँदा त्यो कुरा फेरी सम्झाउनु भएको थियो l कहिलेकाही झनक्क रिस उठेका हे पनि नजानेर भनियो ,त्यो छुट्टै कुरा हो l

आफु नेपाली मूलका र भारतीय मूलका संग पनि नेपाली मै बोल्ने गर्थे l नेपालमा बसोबास गर्ने या काम गर्ने भारतीयहरुले उनीहरु संग हिन्दि नै बोल्यौ भने उनीहरुले नेपाली भाषा कहिले नसिक्ने हुनाले उनीहरुले नेपाली भाषा सिकुन भन्ने अभिप्रायले आफूले उनीहरुलाई उत्प्रेरणा गर्थे l र सुरुवात मै नेपालीमा बोलि दिन्थे l अनि कनिकुथी भए पनि भारतीय मूलका ले म संग नेपालीमा बोल्थे l

कुरा साचो हो ,संगत अनुसारको फल l यो सबै वातावरण तथा व्यक्तिको ईक्षामा भर पर्ने कुरा हो l अमेरिका आएर घगडान अंग्रेजी बनाउनु त कता हो कता भारतीयहरु संग संगत भएकोले हिन्दि भाषा पो धारा प्रभाव बोल्न सक्ने भएको छ l अझ हिन्दि गीत पो गाउन सिपालु भए जस्तो लाग्दछ l अभ्यास गरे पछि निपुण हुने रहेछ l

भाषा सिक्नु नै ठुलो कुरा हुन्छ l भारतीय भाषा बोल्न न त भाषा कक्षा नै धाउनु पर्यो नत मूद्रा नै कसैलाई दिनु पर्यो l अहिले हिन्दि भाषा पो छुरा भएको जस्तो लाग्छ l अंग्रेजी भाषा त पोलेर खाइन्छ कि भन्ने त्रास भै रहेको छ l अमेरिकामा भारतीयहरु पनि हिन्दि बोल्न अधिकांस रुचाउदैननl l अधिकांसले ढर्रा पनि पार्छन l

हिन्दि भाषा पनि अब त अन्तर्राष्ट्रिय नै जस्तो भै सकेको सन्दर्भमा हिन्दि सिक्नुलाई ठुलो कुरा मानिन्छ अमेरिकामा पनी l जागिरमा दरखास्त दिंदा हिन्दि भाषा पनि जान्दछु भने जागिरमा बहु भाषाको ज्ञाता रहेछ भन्ने रोजगारी दिने प्रतिष्ठानहरुलाई भान पर्दछ l प्राथमिकता पनि दिन सक्छन l

भारतीय संग हिन्दिमा कुरा गर्न अप्ठारो मान्ने यो पंक्तिकार आज हिन्दि भाषा बोल्न नहिचकिचाउने भएको छ l त्यसको कारण पंक्तिकारको संगत भारतीय संग छ l हिन्दि भाषी मित्र बनेकी छिन् l हिन्दि गीत पनि गुनगुनाउन थालेको छु l अंग्रेजी गीत एउटा पनि पुरा आउदैन l किन ढाट्नु आउदैन l

बिहान ९ बजे देखि साँझ ४ वजे सम्म भारतीय मित्र संग हिन्दि भाषामा दोहोरि चल्छ l बिचार बिमर्श हिन्दि भाषामा हुन्छ l त्यसो त अंग्रेजीमा दोहोरि नचल्ने होइन l अन्य सहकर्मीहरु अमेरिकन छन् l

जस्तो संगत त्यस्तै फल र त्यहि हुने रहेछ भन्ने अहिले आएर झल्यास भएको छु l सिक्ने मौका पाए र यसलाई अवसर ठानेको छु l अब ३० बर्ष अगाडी झैँ अहिले “ए हमारा गौर का प्रथम पटक भ्रमण है ” भन्नु पर्दैन l ठुलो उपलब्धि प्राप्त भएकोमा आफू दंग छु l अंग्रेजीमा भन्दा हिन्दीमा पो छुरा भएको छु l हैट !

 

प्रतिक्रिया