मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं २३:३९
वासिङटन डिसी 13:54

पाकिस्तानका मार्सल आर्ट खेलाडीले मुट्ठीमा अन्डा बोकेर २९ वटा क्यान (बट्टावाल पेय पदार्थ )फोडी गिनिज पुस्तकमा नाम लेखाए l

इनेप्लिज २०७४ असार २१ गते १९:२१ मा प्रकाशित

गिनिज विश्व पुस्तकमा पाकिस्तानका मार्सल आर्ट खेलाडीले मुट्ठीमा अन्डा बोकेर २९ वटा क्यान (बट्टावाल पेय पदार्थ )कुच्याउदै गिनिज पुस्तकमा नाम लेखाउन सफल भएका छन् l

महमद रशिद नामक खेलाडीले आफुले पहिले नै गरेको विश्व किर्तिमानलाई थप गर्दै ३० सेकन्ड भित्र २९ वटा बट्टाका पेय पदार्थ फुटाउदै बिश्व किर्तिमान कायम गरेका हुन् l उनले कुखुराको अन्डा हातमा बोक्दै अन्डा नफोड़ी उक्त किर्तिमान गर्न सफल भएका हुन् l

उनले प्रति एक सेकन्डमा एउटा अन्डा फोड्दै द्रुत गतिमा बट्टाका पेय पदार्थ कुच्याएका हुन् l उनले बिगतमा युद्ध कला (मार्सल आर्ट )मार्फत एक मिनेटमा कुहिनो बाट,एक मिनेटमा नरिवल फुटाउने तथा अन्यमा समेत बिश्व किर्तिमान गरेका छन् l महमद रशिदपाकिस्तानी एकाडेमी अफ़ मार्सल आर्टसका संस्थापक तथा अध्यक्ष समेत हुन् l

 

उनको अद्भुत प्रस्तुति यो श्रब्य दृश्य (भिडियो ) हेर्न यहाँ थिच्नु होला :

 

प्रतिक्रिया