बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं २१:४२
वासिङटन डिसी 11:57

टेक्ससमा भएको दोश्रो न्याक सम्मेलनको भकुण्डो प्रतियोगितामा डिसीएफसी बिजयी ,६ लाख बराबरको नगद तथा पदक प्राप्त

इनेप्लिज २०७४ असार २० गते २:५० मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा सम्पन्न दोश्रो नेप्लीज अमेरिकन कन्भेन्सन (सम्मेलन)मा भएको भकुण्डो प्रतियोगितामा डिसीएफसी बिजयी भएको छ l डिसीएफसीले बाल्टिमोर भकुण्डो टोलिलाई अन्तिम खेल(फाइनल )मा हराई युएस $ ६ हजार डलर (६ लाख नेपाली रुपैया बराबर )को नगद तथा पदक/पुरस्कार प्राप्त गरेको छ l

अमेरिकाको नेपाली समुदाय कै अहिले सम्म कै खेल मध्ये कै सर्बाधिक ठुलो धनराशीको प्रतियोगिताको पुरस्कार डिसीएफसीले हासिल गरेको छ l गत जुलाई २ तारिख अमेरिकाको पूर्वीय समय अनुसार २ बजे खेलिएको खेलमा डिसी क्षेत्र को नेपाली समुदायको चर्चित भकुण्डो टोलि डिसी फुटबल क्लबले बाल्टिमोर भकुण्डो टोलीलाई २-१ ले पराजित गर्दै दोश्रो नेप्लीज अमेरिकन सम्मेलन को भकुण्डो प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् l

अन्तिम खेलमा डिसीएफसीका लोप्साङ्ग तेन्जिन ले दुई गोल गरे भने उनि नै प्रतियोगिताको उत्कृष्ठ खेलाडी घोषित भए l डिसीएफसी का टोलि प्रमुख (कप्तान )बिज्ञान श्रेष्ठको नेतृत्वमा गएको सशक्त भकुण्डो टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो भने झन्डै ११ बर्ष पछि महत्वपूर्ण प्रतियोगितामा डिसीएफसी बिजयी भएको हो l

डिसीएफसीले युवा होनहार खेलाडी रिजन खत्रीलाई बिशेष धन्यबाद दिएको छ l खत्री बिगतमा डिसी क्षेत्रमा बसेता पनि बसाई सराई गरि अन्य राज्यमा गइ हाल अमेरिकन सेनामा संलग्न रहेता पनि प्रतियोगिताको लागि डिसीएफसीको तर्फ बाट सहभागी भएका थिए l

गत जुन ३० देखि जुलाई २ सम्म सम्पन्न भएको प्लीज अमेरिकन सम्मेलनमा अमेरिकाका विभिन्न राज्यहरु बाट १२ वटा खेलकुद टोलीहरु सहभागी भएका थिए यसै गरि बास्केट बलमा ८ वटा टोलि ,भलिवल ५ वटा टोलि ,क्रिकेट ४ वटा टोलि तथा महिला तथा बालबालिकाका भलिवल र बास्केट बल खेल पनि संलग्न रहेको थियो l

 

प्रतिक्रिया