अमेरिका बसेर फ़र्ज़ी काम गर्ने एनआरएनलाई खुला पत्र

इनेप्लिज २०७४ असार १९ गते १४:१४ मा प्रकाशित

विदेशमा छरिएर रहेका सम्पूर्ण नेपालीहरुलाई एउटै मालामा बाँध्ने अनि उनीहरुलाई केहि आपत-विपत पर्दा सहयोग गर्ने एवं नेपालको आर्थिक समृद्धि र दिगो विकासका लागि पनि केहि योगदान गर्ने पवित्र उदेश्यका साथ NRN को स्थापना भएको हो भनेर यसका संथापक उपेन्द्र महतोले वताउनु भएको थियो तर, हालको NRNA-अमेरिकाको अवस्था भने उहाले भने जस्तो नभई ठिक उल्टो देखिएको छ | वर्तमान NRN-US मा बसि काम गरिरहनु भएका साथी-भाई हरु बाट प्राप्त जानकारी अनुसार केहि उम्मेदवारहरुको व्यक्तिगत स्वार्थका लागि अथवा कसैले आफुले जित्ने सुनिस्चितता नहुन्जेलका लागि यहाँ यस संस्थाको चुनावको मिति सारिएको छ | अर्को कुरा, NRNA-US को सदस्य बन्ने वा बनाउने नीति नियम यति फितलो छ कि, एकजना परिवारको एउटा मानिसले आफ्नो एउटा इमेल ठेगाना र कुनै परिचय पत्रको मात्र अन्तिम ४ अक्षरहरु भरेको भरमा (भलै त्यो सहि होस वा नहोस) उसका नेपाल मा बसेका सम्पूर्ण सदस्य लाई NRN-अमेरिकाको सदश्य बनाउन सक्छ ,मात्र चाहियो १५ अमेरिकी डलर | यस्तो खुकोलो पद्दतिको दुरुपयोग गरेर निर्वाचनमा आफु अनुकुल वातावारण बनाउन धेरै फर्जी मतदाता बनाएको कुरा त यहाँहरु यदि यसपाली NRNA-US सदश्य बन्नुभएको थियो भने केहि दिन अघि सम्म हप्ताको कम्तिमा एकचोटी प्राप्त हुने इमेल बाट थाहापाउनु नै भएको होला | तपाईं आफैले नियालेर यसपाली भोट दिने सदश्यहरुको नामावली हेर्नुभो भने अहिलेको सदस्यहरुको नामावलीमा एउटै मानिसको दुई प्रकृतिका नाम (उदाहरणका लागि राम थापा र राम बहादुर थापा) त कति हो कति देख्नुहुन्छ |

म पनि यसपाली पहिलो पटक कसैको आग्रहमा NRNA-US को सदश्य बने, तर जब म NRN-US ले मलाई पठाएका इमेलका वाक्यहरु पढ्छु, सामाजिक संजालमा देखिएका NRN-US का उम्मेदवारहरुको प्रचार -प्रसार देख्छु, उमेद्वारप्रति लगाईएका आरोप-प्रत्यारोप पढ्छु अनि NRN मा रही वर्तमान अवस्थामा काम गर्नुहुने पदाधिकारीहरुका कुरा सुन्छु, तव मलाई NRN-US को सदश्य बनेकोमा गौरव होइन आत्म-ग्लानी भएर आउँछ | यस्तो परिस्थितिमा NRN-US का वर्तमान केन्द्रिय पदाधिकारीहरु संग २-४ वटा प्रश्नहरुका उत्तर खोज्न मन लागेको छ, सायद यी प्रश्नहरु अमेरिकामा वसोवास गर्ने लाखौ नेपालीका मनमा होलान;

1. अमेरिका जस्तो विकसित देशमा बसेर यस्तो फर्जी काम गर्ने-गराउने मानिस/पदाधिकारीहरुले के साच्चै सम्पूर्ण अमेरिकाबासी नेपाली हरुको प्रतिनिधित्व गर्न सक्नु हुन्छ ?

2. NRN-US को सदश्य बन्न रखिएको खुकोलो प्रावधान यसको दुरुपयोग गर्नलाई हो? सदश्य बन्न प्रत्येक सदश्यको कुनै एक परिचय पत्र, विशेष गरि पासपोर्ट वा हालको अमेरिकी चालक अनुमतिपत्र वा सम्बन्धित राज्यले दिने State ID, अनिवार्य अपलोड गर्नुपर्ने व्यवस्था गर्न यहाँहरुलाई के ले रोकेको थियो?

3. यदि यहाँहरुसंग नैतिकता भएको भए यस्तो विवादित कुरा बाहिर आइसके पछि अहिलेका सम्पूर्ण पदाधिकारीहरुले राजीनाम दिएर स्वच्छ छविका विशेषज्ञहरु बाट यसको छानविन गरि नयां मानिसहरुलाई नेतृत्व लिन मार्ग प्रसस्त गर्नु पर्ने हो कि होइन ?

4. जहाँ सम्म अहिलेको देखावटी छानविन छ, हाल NRN-US मा बसि काम गरिरहनु भएका साथी-भाई हरु बाट प्राप्त जानकारी अनुसार यो यति जटिल छ कि तपाइले सहि र गलत छुट्याउन नै सक्नुहुन्न |

5. के यो संस्था स्थापनाको उदेश्य एक-दुइ जनालाई यसको उपल्लो तहमा टिकाई राख्नलाई हो? के NRN-US मा पनि सिन्डिकेट प्रथा नै चल्ने हो ?

सदश्यता वितरण वाट उठेको करोडौं को रकम कहाँ र कसरि खर्च हुञ्छ? यसलाई पारदर्शी तवरले सहि ठाउँमा कसरी सदुपयोग गर्ने हो कि एक दुई वटा सेमिनार गर्यो अनि नेपाल बाट कुनै भ्रष्ट नेताहरुलाई बोलाएर उनीहरुको चाकडी-चाप्लुसीमा खर्च गर्ने हो ?

के NRN-US कुनै एउटा राजनीतिक पार्टीको भात्री संस्था जस्तै हो ? होइन भने यसमा किन राजनीतिक पार्टीको छायाँ देखिन थाल्यो?

यसो भन्दै गर्दा ले विगत मा गरेका केहि राम्रा कामहरुलाई मैले पक्कै पनि नजर-अन्दाज गरेको होइन, तर हाल देखिएका विकृतिहरूलाई उन्मुलन गरी यसलाई सम्पूर्ण अमेरिकावासी नेपालीहरुको गौरव गर्न लायक संस्था बनाउने हो भने अहिलेको वा अब आउने नेतृत्वले माथिका जिज्ञाशा हरुको जवाफ दिनै पर्छ|

मेदनी (मदन) संग्रौला
सिकागो, अमेरिका

प्रतिक्रिया