आज म पाठक वर्गलाई अलिक पृथक बिषयमा कलम चलाउन अनुमति माग्दछु l मैले कुनै आग्रह र पूर्वाग्रह संग कलम घुमाउने छैन l हामी सकारात्मक कुरामा कलम चलाउनेमा अहिले सम्म धर्म निभाएका छौ l यो क्रम सदैव जीवित तै रहने छ l गलत अर्थ नलगाई दिनु होला l एक पटक समय व्यवस्थापन गर्न सकियो भने पढि दिनु होला l बिशेष गरि संचार जगतमा रहेका संचार कर्मीलाई अझ सान्दर्भिक हुने छ भन्ने मलाई लागेको छ l
संकीर्ण ,दरिद्र तथा अहंकार मानसिकता भएका पत्रकारले मलाई अमेरिकामा यसो नभनेका भए म वर्तमान जस्तो खुरन्दार समाचार र लेख लेख्ने कदापी हुने थिइन् l यो कुरा आज म स्पष्ठ पार्न चाहे l यसरि समय खर्चेर काम नै नपाएको जस्तो लेख्ने हिम्मत कहिले गर्ने थिइन् l नेपाली उखान ईख नभएको मानिस र बिष नभएको सर्प काम लाग्दैन भन्ने बुढापाकाले सुनाएको उखान साच्चै हो रहेछ भन्ने मलाई लागेको छ l
त्यी पत्रकार जसले दुर संचार प्रणाली मार्फत त्यसो भन्ने आभास मलाई दिए त्यहाँ देखि उनको मानसिकतालाई मुल्य मैले केवल एक पैसा को भाउमा राखे l त्यो भन्दा ज्यादा ति अनुभवी र उच्च कोटीको हु भन्ने जस्तो अनुभूति राख्ने ति पत्रकार मेरो नजरमा निच र तल्लो स्तरमा हिजो थिए र आज पनि छन l
मेरो धर्मले उनको नाम र को हुन् भन्ने कुरा जीवन भर गोप्य रहने छ l पत्रकारितामा त्यति बुझ्ने हैशियत राखिन्छ जस्तो लाग्दछ l उनको नाम भन्दा पनि उनको स्वभाव र दृष्टिकोण बारेमा धेरै मैले सोच्नु पर्यो l
उनले मलाई केहि बिगारेका छैनन l उनि मेरो लागि लुतो न कनाई l अमेरिकामा कसले कसलाई टेर्छ l कस्ले कसलाई मान्दछ किनभने हात र खुट्टा नचलाई अमेरिकामा मुखमा माड लगाउन पाईदैन l अमेरिकामा अंग्रेजीमा ,हु केयर्स भने पछि बुझ्नु पर्छ l अर्थात् नेपालीमा कसलाई मतलब छ l अमेरिकामा नेपालमा यस्तो थिए र मान्नु पर्ने भन्ने मानसिकता अझ छ भने त्यो अझ गलत र त्यस्ता मस्तिष्कमा किरा परेको बराबर ठानिन्छ र मानिन्छ l
उनले तैले मलाई पत्रकारिता सिकाउछस् भन्ने कुरा जस्तै अभिब्यक्ति दिंदा त्यहि दिन उनि उल्टो गन्ति सुरु हुन्छ भन्ने सोचेको थिए l मैले त्यस समयमा डा स्वामी प्रपन्नाचार्य लाई सम्झे l उनले कसरि वेदान्त विषयमा कुन ईखले विद्यावारिधि प्राप्त गरेका थिए भन्ने झल्झल सम्झन बाध्य भए l मानिसलाई यस्तो पनि पर्दो रहेछ अनि मात्र आफुमा भएको प्रतिभा प्रस्फुटन हुने रहेछ भन्ने लाग्यो l र स्वामी प्रपन्नाचार्यलाई जस्तै उनले मलाई अमेरिकामा यसो नभनेका भए शायद आफु हिन्दि गीत दाल रोटी खाओ, प्रभु के गुण गाओ भन्ने थिए होला l
उनि सम्भवत नेपाल को राष्ट्रिय स्तरका संचार माध्यममा काम गरेको भन्ने फुस्रो धाक मस्तिस्कमा संचित पनि थियो होला l तर अमेरिकामा अगाडी नै मैले उल्लेख गरे झैँ हु केयर्स अर्थात् अर्थात् नेपालीमा कसलाई मतलब छ ? कुनै दुनियालाई तिम्रो मतलव अमेरिकामा हुदैन भन्ने जान्नु अनिवार्यता छ l मानिसले जीवन भर सिक्ने हुनाले अहंकार र गर्वमा लतपतिने गर्ने कुनै पनि संचारकर्मीको उधो जाने क्रम बिस्तारै सुरु निश्चित हुन्छ l समय बलवान भएकोले पर्ख र हेर भन्ने कुरालाई मनन गर्नु पर्छ l
उनले मलाई यसो भन्ने मेरो मनमा लागे पछि मेरो मनमा ईख पस्यो l भिष्म प्रतिज्ञा गरे l ५- ६ बर्ष अगाडी देखि को उनको त्यो खुम्चिएको सोच बाट यो पंक्तिकार यसरि सशक्त रुपमा नबिसाई निरन्तर रुपमा कलम फनफनी घुमाउने सम्मको अवस्थामा आई पुगे पनि बामे सर्ने स्थितिमा पुगेको जस्तो आफुलाई लाग्दछ l जीवन भर यसरि नै सामाजिक सेवामा अर्पण हाम्रो रहने छ l
आफु पत्रकारिता पेशामा हाम फाल्ने पनि थिइन् l आफ्नै घरमा पारिवारिक रुपमा नै ४० बर्ष देखि पत्रकारिता पेशा अंगाले परिवार भएता पनि आफुलाई हर्ष न बिस्मात लाग्ने हुनाले अर्कै दुनियामा छिरेको मानिस अमेरिकामा अबिश्राम (नन स्टप ) रुपमा खेलाची गर्दा गर्दै यहाँ सम्म को मार्ग पार चै गरिएछ l भाग्यवस या ईश्वरको कृपा लेख्दा लेख्दै यति लेखिन थालिएछ कि हप्तामा हप्ता दिन नै लेख पनि लेखिन सकिने भएछ l म लेख्दिन थिए तर उनले त्यस्तो कटु वचन बोले पछि किन लेख्ने र अव प्रतिभा देखाउछु भन्ने तर्फ आफु उन्मुख भएछु l
अहिले सम्म को अवस्थामा अमेरिकामा कलम चलाउने मध्ये मै अति आफु भाग्यशाली संचार कर्मिमा पर्दछु जस्तो लाग्न थालेको छ l समुदायले अलिअलि पत्याउन थालेको जस्तो लाग्दछ l पाठकवर्गले आफुले चलाएको लेख रुचाई दिनु भएकोले पाठक वर्ग लाई समर्पित गर्न आतुर लाग्दछ l हप्तामा २ -३ वटा त लेख नलेखी निन्द्रा नै नलाग्ने भएको छ l त्यो त्यसै लेखेको हैन रहेछ ,उनले मलाई सिकाउछ्स जस्तो भने पछि नलेख्ने कुरै हुदैन l यसरि आफु एक निरन्तर र अविरल रुपमा कलम चलाउने पेशामा होमिएको हु l
यसो सोचे र केहि समय घोत्लिए l अनि मलाई लाग्यो l उनि त मेरा गुरु पो हुन् l उनले त्यसो नभनेका भए म के हुन्थे के ? तर त्यसो भने पछि आफुमा एक प्रकारको प्रतिभा निस्कन थाल्यो l नभनेको भए आफु यस्तो खुरन्दार रुपमा कलम चलाउने भन्ने सवाल नै हुने थिएन l
धन्न प्रभु ! त्यो दिनलाई शुभ साईत मैले माने l अल्छिपनलाई भगाई दिएको छ l जति खेर पनि लेख्न मन लागि रहन्छ l अहिले सम्म अमेरिकामा बाट अविरल रुपमा कलम चलाउने आफुले ठुलो अवसर पाए त्यो पनि उनकै कारण l अनि मैले गुरु ठानिन भने ठुलो अन्याय हुन्छ l उनलाई सम्झेर लेख्छु र भाग्यवस आफुले हृदय र मेहनत गरेर लेखेको लेख र समाचारलाई पत्याई दिनु भएको छ l उनलाई यहि बाट सलाम ठोक्द्छु l उनि मेरा पक्का गुरु l मलाई कुनै अहिले गुनासो छैन l
पत्रकारिता क्षेत्रमा आफ्नो अत्यधिक समय व्यतित हुन्छ l मेरो मनमा केहि कुराहरु खटकिएको छ l द्वन्द्वको मूल कारण अहंकार हो अज्ञानता होइन l अज्ञानीले आफू अज्ञानी छु भन्ने थाहा पाउँछ भने ऊ ज्ञानी बन्न सक्दछ l चाहन्छ भने हुन्छ पनि तर अहंकारीलाई कसैले अहंकारी भनिदियो भने उ स्वीकार गर्दैन l
अहंकार मानिस भित्र अन्तरिक रूपमा गढ़िएर बस्ने तत्व हो l अहंकारी मानिसले आफू जहाँ छ, त्यहाँ द्वन्द्व सिर्जना गर्छ। अहंकार भएको मानिसले विवेक प्रयोग गर्दैन, उसले ठिक र बेठिक छुट्याउन सक्दैन। अहंकारले भित्र भित्रै खाई दिन्छ l जस्तो यस्तो सोच आफ्नो जीवनमा कहिले देख्नु नपरोस l
विनाश काले विपरीत बुद्धि बाट उनलाई रक्षा गर ! हे ईश्वर मेरा गुरुलाई यस्ता कुरा बाट बचाउ !
प्रतिक्रिया