हेर्दा हेर्र्दै पहिरोले यसरी लग्यो शोभालाई

इनेप्लिज २०७४ असार १८ गते १३:१९ मा प्रकाशित

पोखरा १९ लामाचौरकी ४० बर्षिय शोभा पौडेललाई आफ्नै घरको भान्छाकोठाले किच्दा मृत्यु भएको छ । राती अबेर खाना खाई ९ बर्षीए छोरालाई सुताएर भान्छा कोठाको चाबी लाउन जादा पहिरोका कारण उनी सहित भान्छा कोठानै २०० मिटर तल झर्यो । लामाचौरको अकला मन्दीर नजिकै ९ बर्षीए छोरा संग बस्दै आएकी शोभाका श्रीमान रोजगारीको शिलशीलामा बिदेश छन् । छोरा सुतिसकेको र अबिरल बर्षाका कारण सडकमा आएको भेल उनको भान्छाकोठा नजिकैबाट सेती नदि किनारमा गएपछि घरको पछिल्लो भागमा रहेको भान्छाकोठा भासिएको हो ।

छोरा सुतिसकेपछि भान्सा कोठा छिरेकी शोभालाई राती ९ बजे तिरनै पहिरोले लगेको भएनि बर्षाका कारण छिमेकीले पनि थाहा पाएनन् र घरमा छोरा निदाएको कारण खबर गर्ने पनि कोही भएनन् । एक्कासी बिहान ४ बजे तिर छिमेकी घरमा आएर ढोका ढकढकाउदा मात्र थाहा भएको प्रत्यक्षदर्शीले बताए । बगर प्रहरी कार्यालयका अनुसार प्रहरीलाई बिहान ५ बजे पछि मात्र खबर भएको र खबर पाउनसाथ प्रहरी र स्थानीयको रोहबरमा शब निकाल्ने काम भएको थियो । सडक अनियन्त्रीत बनाईएको र मापदण्ड बिपरीत सडक नाला खनिएकाले पनि सडकको पानी घर नजिकैबाट बगेकाले घरको पछिल्लो भाग पहिरोमा परेका भन्दै स्थानीयहरुले आक्रोश समेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया