सुस्तामा एमाले विजयी

इनेप्लिज २०७४ असार १६ गते १३:५७ मा प्रकाशित

नवलपरासी, १६ असार । सुस्ता गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारले विजय हासिल गर्नुभएको छ ।

उम्मेदवार रामप्रसाद पाण्डे चार हजार ४२४ र इन्द्रकुमार थरुनी चार हजार ३४६ मतका साथ निर्वाचित हुनुभएको हो । उहाँहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली काँग्रेसका हस्मुद्धिन शेषले चार हजार १७१ र विमला उपाध्यायले चार हजार १३८ मत प्राप्त गर्नुभएको थियो । पाँच वटा वडा रहेको सुस्ता गाउँपालिकाका वडाध्यक्षमा काँग्रेस र एमालेका दुई दुई र राप्रपाले एक स्थान हासिल गरेका छन् ।

प्रतिक्रिया