मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार कमल कोइरालालाई

इनेप्लिज २०७४ असार १५ गते १३:५२ मा प्रकाशित

१५ असार,काठमाडौं । यस वर्षको मदन भण्डारी राष्ट्रिय पत्रकारिता पुरस्कार बरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई प्रदान गरिने भएको छ ।

नेकपा एमालेको केन्द्रीय प्रचार बिभागले स्थापना गरेको सो पुरस्कार पाउने कोइराला दोस्रो हुन् । पहिलो पटक फोटो पत्रकार चन्द्रशेखर अधिकारीलाई दिइएको थियो ।

 

नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टको अध्यक्षतामा बरिष्ठ पत्रकार तीर्थ कोइराला,शार्दूल भट्टराई र शीतल साह रहेको छनौत समितिले कोइरालालाई छानेको हो ।

विगत पाँच दशकदेखि लेखन तथा सम्पादनमा संलगन कोइराला दृष्टि, जनआस्था, साँघु, अन्नपूर्ण पोष्ट दैनिक लगायतका पत्रिकाका स्तम्भकार हुन् । पुरस्कारको राशी ५० हजार छ ।

छिटै कार्यक्रम आयोजना गरि पुरस्कार वितरण गरिने एमाले प्रचार विभाग सचिव बिष्णु रिजालले जानकारी दिएका छन् । पूर्व सांसद कोइराला कोरियाका लागि पूर्व नेपाली राजदूत समेत हुन् ।

उनी पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको छोरा र कोइराला परिवारका एकमात्र वामपन्थी हुन् ।

प्रतिक्रिया