रक्तदान संसारतिर ! (नेपाली डायस्पोराका एक सदस्य अर्जुन प्रसाद मैनाली जो थोमसको देशबाट संसारतिर फैलिदै)

इनेप्लिज २०७४ असार १४ गते १२:३० मा प्रकाशित

उनि टेलिफोन संवादमा करिब तीन दशक अधिको शुरूवाती समयमा फर्किए।उमेरले करिब पाँच दशक नजिक पुग्दै गर्दा उनिसँग जोश र जागर दुई दशक वरिपरि रहेका युवाहरूकै जस्तै देखिन्छ।लगातार आफ्नो एकोहोरो मिसनमा लागिरहदा पत्तो नपाई तीन दशक छिचली सके।यो यात्रा बगिरहेको नदि जस्तै रहयो कहिले नरोकिने ? प्रसिद्ध साहित्यकार रमेश विकलको मधु मालतीको कथामा वाल पात्रहरू शंकर र गौरीको प्रेममा तगारोको रूपमा वर्गीय विभेद, जातीय असमानता देखिदा उनिहरूमा उनिहरूको रोल मोडेल लोक कथाका पात्रहरू मधु र मालती झै बन्ने देखिएको प्रभाव जस्तै यिनीमा पनि आफ्नै रोल मोडेलको प्रभाव छ।मधु मालतीको कथामा शंकर र गौरी आफ्नो वास्तविक जीवनमा मधु र मालती भए की भएनन ,प्रश्नहरु छाडदै कथामा वाल मस्तिष्कमा परेको प्रभावलाई जीवन्तरूपमा चित्रण गरिएको छ।

तर यिनीको जीवनमा कथाले कथाका पात्रहरूलाई हैन कि कथाले यिनीको जिन्दगीलाई नै प्रभाव पारेकोछ।लाग्छ यि पनि आफ्नो रोल मोडेल झै मात्र बनेनन नेपाली डायस्पोराबाट फैलिए भूगोलका पर्खालहरु टोडेर।यहाँ चर्चा गर्न खोजिएका नायक हुन अर्जुन प्रसाद मैनाली।फेरी लाग्छ यि यस पृथ्वीमा आए रक्तदान गर्नकै लागी।

यसरी यिनीको जीवन सधैँका लागि बदलिदिने रोल मोडेल हुन जो थोमस।यि तत्कालीन अवस्थामा त्रिभुवन विश्वविघालयको प्रमाणपत्र तहको अंग्रेजी पाठ्यपुस्तक ‘द ब्लड डोनर’ भन्ने पाठमा मुख्य नायक हुन।सन १९८५ ताका कलेजमा उनिले पढेको यो पाठका अमेरिकन रक्तदाता जो थोमसले रक्तदान गरेर धेरै बिरामीहरुलाई बचाएको कथाबाट यि प्रभावित भए।कक्षामा गुरूबाट जो थोमसका बयान सुनिरहदा उनिको आकृतिहरू मस्तिष्क घुमिरहे।

काभ्रेपलाञ्चोक जिल्ला, सिपाली चिलाउनेको कोर्थुम्कामा सन् १९६८ जुन २० तारिखमा जन्मेका यिनी जीन्दगीमा दु:खका पहाडहरू छिच्लदै अहिले अमेरीकाको न्युयोर्कमा कर्म थलो बनाईरहेकाछन।तर तन र मन भने जन्म थलो र संकटको घडी जहाँ छ त्यहाँ छाडेका छन।

कुराकानी कै क्रममा सम्झे सन् १९८७ अगष्ट २० को दिन अर्थात यो यात्राको पहिलो दिन।घुम्दै काठमाण्डौको विशालबजार पुगेको थिए।त्यहाँ लायन्स क्लबको रक्तदान कार्यक्रम गरीरहेको दृश्यले पाठ्यपुस्तक को’द ब्लड डोनर’ भन्ने पाठलाई क्लिक गरिदियो।जो थोमसलाई सम्झे अनि शुरूवात भयो यिनीको रक्तदानको यात्रा।वास्तवमा मनमा यिनीसँग अनेकन प्रश्नहरु थिए।त्यस बेला आफ्नो रगतको ग्रुप कुन हो थाहा थिएन? बास्तवमा रहरले शुरू गरेको यात्रा पछि नियमित नै भयो।यो यिनीको एउटा पहाड चढे बराबरैको यात्रा थियो नै ।

त्यहाँ पुगेपछि देखे मानिसहरूमा रक्तदान सम्बन्धी चेतनाको स्तर ।बास्तवमा एउटा ठूलो पहाड चढेपछी बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।

पैसा तिरेर पनि नपाईने र पसल पनि नबेचिने अनि बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्ने चिज रगतलाई आफुले पनि दिल खोलेर दान गर्ने र अरूलाई पनि दान गर्नकोलागी जनचेतना फैलाउन र दान दिनेहरूलाई प्रोत्साहन गर्न तर्फ लागे।यसरी सन् १९८८ फेब्रुअरी १९ मा दोश्रो पटक, सन् १९८८ जुलाई ३०मा तेश्रो पटक, सन् १९८८ अगस्ट २०मा चौथो पटक गर्दै सन् २०१३ आइपुग्दा उनले १ सय ८ पटक रक्तदान गरिसकेका छन् भने सन् २०१४ मा मात्र १९ पटकसम्म रक्तदान गरेको बताएँ।उनिले जुन २५, २०१६ मा अफ्रिकाको देश मलावीका राष्ट्रपति पिटर मुथारिकाले आफ्ना जनतालाई गरेको अपील सुने। खान नपाएर भोकाएका जनतालाई मुसा र फट्यांग्रा खान आदेश दिएका थिए उनिले । देशमा व्याप्त खाद्य संकट भएपछी आपतकालिन घोषणा गरिएको थियो ।

अझ देश भरिमा दुई तिहाइ बिरामीहरुलाई रगत उपलब्ध रहेनछ । यो थाहा पाएपछि उनिलाई असह्य र छटपटी भयो । विश्वको त्यो अनकन्टार ठाउँका आफ्नै रगत दिएर एक जना बिरामीलाई भए पनि बचाउने योजना बनाए ।न्युयोर्कबाट करिब २० घण्टा लामो दिक्क लाग्दो हवाइयात्रा गर्दै मलावी पुगे । भोलिपल्ट राजधानीको लिलोंगवे स्थित मलावी रक्त संचार सेवामा आफ्नो १५६ औं रक्तदान गरे ।


उनीहरुलाई समुदायमा सफल रक्तदान कार्यक्रम गराउदाको आफ्नो अनुभव सुनाएँ उनीहरुमा हौशला र रक्तदान जनचेतना गराउन एक हजार अमेरिकी डलर पनि सहयोग गरे । त्यहाँको झन्डै ७ लाख ५० हजार जति हुँदो रहेछ उनि भन्छन। यस यात्रामा ७ फेब्रुअरी २०१७ सम्म १५८ पटक अफ्रिकी मुलुक हैटीमा रक्तदान गरेका यिनीले अमेरीका एक बर्ष सम्म दिन नपाउने बताए मलेरिया भएको देशबाट आउदा एक बर्ष सम्म दिन नपाउने नियम रैछ।आफ्नो यो प्यास मेटाउन जन्मदिन गत जून २० तारिखका दिनमा क्यानाडामा रक्तदान गएर १५९ पटक सम्म रक्तदान गरे।यसो त यति धेरैपटक रगतदान गर्ने संभवत पहिलो नेपाली पनि यिनीनै हुन कि ?

वास्तवमा रगत हाम्रो शरिरको लागि नभइ नहुने पदार्थ हो। कस्तो अच्चम रगत कुनै देश, जाति , राज्य र धर्मको छुट्टै नहुने।सबैको रगत रातो नै हुने एउटा नेपालीको हात काटेपनि रातै रगत वग्छ।अमेरीकनको हात काट्दा पनि रातै रगत बग्छ।जो सुकैको हात काटेपनि रातै रगत वग्छ । रगतको रङमा मात्र हैन गूणमा पनि समानता पाइन्छ । एउटा नेपालीको ज्यान अमेरिकनको रगतले बचाउन सक्ने।एउटा बाँहुनको ज्यान दलितको रगतले बचाउन सक्ने। अनि एउटा हिन्दुको ज्यान मुसलमानको रगतले बचाउन सक्ने। त्यसैले मानिसलाइ रगतको आवश्यकता पर्दा कुन जातिको हो, कुन वर्गको हो भनेर नहेरीने।सायद यहि भएर नै यि ५ महादेशका १० देश र अमेरिकाको १४ राज्यहरुमा उपस्थीत भएर स्वयं रक्तदान गर्दै स्थानीय समुदायलाई पनि हौशला र सहयोग गरिसकेकाछन।यिनीको भनाईलाई सापट लिदा यिनीले रक्तदान गरेको परिणाम अनुसार करिब ४७४ जनाको ज्यान बचाउन सकिन्छ।

नेपालको विकट गाँउदेखि अफ्रिकाको संकटग्रस्त देशहरूसम्म आफ्नै खर्चमा यात्रा गरेका यिनीले आम जनमानसमा रक्तदान गर्न उत्प्रेरणा गराउन नेपालमा मेची महाकाली साइकल यात्रा पनि गरे। सन् १९९० मे महिनामा सुरू गरिएको साइकल यात्रा पटकपटक गरेर सन् १९९१ फेब्रुअरीमा सकिएको थियो। अहिले अरूलाई उत्प्रेरणा जगाउन आफ्नो कारको दुवै पट्टि साइडमा ‘म प्रत्यक बर्ष तिनदेखि छ पटक सम्म रक्तदान गर्छु’ भनेर पनि लेखाएका छन।फेरी सामाजिक संजाल प्रयोगकर्ताहरूलाई जन्मदिनहरुमा शुभकामनाप्रदान गर्दै अर्कोबर्षको जन्मदिन चाहिं रक्तदान गरेर मनाउन अनुरोध गर्छन।

रक्तदान गर्ने र रक्तदान कार्यक्रम आयोजना गर्ने संस्थाहरूको सामुहिक प्रयासमा सन् १९८९मा ब्लड डोनर्स क्लब क्लबको स्थापना गर्दा मैनाली सक्रिय भएर लागेका थिए। अहिले यो संस्थालाई ब्लड डोनर्स एसोसिएसन अफ नेपाल नामले चिनिन्छ भने अमेरिकामा ‘ब्लड डोनर्स अफ अमेरिका’को स्थापना गरेर रगतदान गर्ने विश्वव्यापी अभियानमा जुटेकाछन।अहिले अभियानबाटै दशौँ हजार नयाँ रगत दाता थपिएका छन । यो नै यिनीको दृढ अभियान पनि हो।यसरी स्थानीय समुदायलाई हौशला र सहयोग गर्न पाउदा धेरै आनन्दित भएकाछन।नेपालीहरूले बसोबास गरिरहेका देश, शहरमा रक्तदान गरुन् । उहाँहरूको रगतले स्थानीय मानिसहरूलाई बचाउन सहयोग पुगोस् भन्ने ठुलो चाहना छ । त्यसैले, आफ्नो नेटवर्कमार्फत संसारका नेपालीहरूलाई घचघचाउने गरेको छन ।

यसो त रक्तदानलाई सँस्कृति बनाएका यिनी रक्तदाता मात्र हैनन अरूलाई रक्तदान गर्न प्रेरणादिने महान मानिस पनि हुन।फेरि यि अरूलाई हौसला दिने मात्र हैनन परोपकारी मन भएका मानिस पनि हुन।यिनीले धेरै नै परोपकारी कार्यहरु गरिसकेकाछन।मान्छेले जन्म लिन्छ उसित सास त हुन्छ तर कुनै नाम हुदैन र जब मान्छेको मृत्यु हुन्छ तब उसित नाम त हुन्छ तर सास हुदैन । यही सास र नामको बिचको यात्रालाई जीवन मान्ने उनिले समाजका लागी केही गरौ भन्नेहरूका लागी समर्पित गर्दै दि गिफ्ट अफ लाईफ आत्मवृतान्त प्रकाशित गरेकाछन्। रक्तदान र यस्को महत्व ,रक्तदान तथा समाजसेवाका लागि वहाँवाट गरिएका प्रयासहरु समेटिएको छ आत्मवृतान्तमा ।

 

प्रतिक्रिया