सोमबार, कार्तिक १० २०७७
काठमाडौं १०:४६
वासिङटन डिसी 01:01

रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपत्र जलाए

इनेप्लिज २०७४ असार १४ गते ११:४८ मा प्रकाशित

रोल्पा, १४ असार । जनता आधारभूत विद्यालय धवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिकामा आगो लगाइ मतपत्र जलाएका छन् ।

रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० वटा मत खसिसकेको थियो ।

मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ । उक्त मतदान केन्द्रमा हाल मतदान प्रक्रिया बन्द गरिएको छ ।

प्रतिक्रिया