बुधबार, कार्तिक १२ २०७७
काठमाडौं २०:१९
वासिङटन डिसी 10:34

नेपाली घरका सबै पदाधिकारी निर्विरोध निर्वाचित

इनेप्लिज २०७४ असार १४ गते ६:०५ मा प्रकाशित

कोलोराडो अमेरीका
जुन २७, २०१७
कोलोराडोमा सकृय नेपालीहरुको साझा संस्था नेपाली घरको कार्यसमितीका सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका छन् ।
आगामी २ बर्षे कार्यकालको लागी कार्यसमितीका पदाधिकारीहरुको निर्वाचन सम्पन्न गर्न गठित निर्वाचन समितीले जुन २६ तारिकका दिन दिएको जानाकारी अनुसार सबै पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन् ।
यसरी निर्विरोध निर्वाचितहुने पदाधिकारीहरुमा अध्यक्ष लक्षुमण राना, उपाध्यक्ष द्धय नातिबाबु भट्ट र कुमारजंग कार्कि, महासचिव निर्मल श्रेष्ठ, पब्लिक रिलेसन अफिसर उपेन्द्र रिजाल रहेका छन् । त्यसैगरी अन्य बोर्डअफ डिरेक्टरहरुमा जगदिशचन्द्र ढकाल, राज ढुङ्गाना र अजुर्नकुमार केसी रहेका छन् । नयां कार्यसमितीलाई आगामी अगष्टमा कार्यभार हस्तान्तरण गरिने नेपाली घरका अध्यक्ष योगराज गौतमले बताएका छन् ।
संस्थाले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न राजेन्द्र शर्माको संयोजकत्वमा तिन सदस्सिय निर्वाचन समिती गठन गरेको थियो । समितीका अन्य सदस्यहरुमा बासुदेब दहाल, ज्ञानेन्द्र काले रहेका थिए

प्रतिक्रिया