बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ११:५७
वासिङटन डिसी 02:12

अमेरिकाको बाल्टिमोरमा घन्कियो “नौमती बाजा”

इनेप्लिज २०७४ असार १२ गते ११:०४ मा प्रकाशित

अमेरिकाको बाल्टिमोरमा आन्द्र महासागर समुन्द्रको तट मा अवस्थित रमणीय गण पाउडर स्टेट पार्कमा नेपाल देखी ल्याईएको “नौमती बाजा” घन्केको छ। गत जुन २५ तारिख आईतबार छुट्टीको दिनमा नेपालीहरु समुन्द्रको छेऊमा पन्चे बाजामा नाचगान गरे। म्याग्दी जिल्लाका अमर छन्त्याल (गुर्जा ), राम भण्डारी (मुना), ईन्द्र बहादुर थापा (सिँगा), डम्बर कार्की (राखु ),पारश मणी श्रेष्ठ (मुना फल्लेगाउँ ), हेम छन्त्याल (बाग्लुङ्ग बुर्तिबाङ्ग ) लगायतका कलाकारहरुले पन्चे बाजाका सामानहरु बजाएका थिए।

सात समुन्द्र पारी अमेरिकामा पनि नेपालको लोक संस्कृती सम्बर्धनको लागी दुख र खर्च गरेर नेपाल देखी हामीले नौमती बाजाको सामानहरु अमेरिका ल्याएका हौ ,पूर्व बेलायती सेनाका क्याप्टेन दल बहादुर रोकाले भने l

कार्यक्रम आयोजक संस्था आमा समाज लेखिने आमा समुहका अध्यक्ष लिलु गुरुङ (गोरखा), जेनी तुलाचन (म्याग्दी रुम ), काजिम गुरुङ लगायतका महिला कार्यकर्ताहरुको सक्रियतामा पार्कको एक नम्बर शेल्टरमा पन्चे बाजामा रमाईलो गर्दै आमा समुहको बनभोज जमेको थियो।  यसैगरी पार्कको सेल्टर नम्बर ४ मा कास्की समाज अमेरिकाको बार्षिक बनभोज आयोजना गरिएको थियो भने एकै दिन एकै पार्कमा दुई फरक नेपाली संस्थाको बनभोज आयोजना गरिएको थियो।  कुल प्रसाद गुरुङको अध्यक्षतामा रहेको कास्की समाजको बनभोजमा ५-६ सय जती नेपालीहरुको सहभागिता रहेको थियो l

 

 
 

 

 

प्रतिक्रिया