बिहीबार, कार्तिक ६ २०७७
काठमाडौं ०२:५३
वासिङटन डिसी 17:08

स्वीटजरल्याण्ड स्तरिय भलिवल प्रतियोगिता हुँदै

इनेप्लिज २०७४ असार ११ गते १३:३५ मा प्रकाशित
स्वीटजरल्याण्ड । प्रवासमा आएर यूवाहरुलाई नेपाली राष्ट्रिय खेल भलिवललाई स्वीटजरल्याण्डमा रहेका नेपालीहरु माझ स्वीटजरल्याण्ड स्तरिय भलिवल प्रतियोगिताको आयोजना गरेको छ ।
नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको आयोजनामा भर्खरै अधिवेसनबाट महामन्त्री चयन हुनु भएका तिलक थापाको संयोजकत्वमा संपन्न हुन गईरहेको प्रतियोगितामा स्विस क्यान्तोनमा रहेका नेपालीहरुले भाग लिने भएका छन् ।
६ अगस्ट २०१७ आइतबारको दिन जुरिख बुखेग प्लाज ( Bucheg Platz ) मा हुने भएको छ । प्रतियोगितमा भाग लिने भलिबल टिमको लागी २०० स्विस फ्यांक दर्ता सुल्क तोकिएको छ ।
हरेक बर्ष गर्दै आएको भलिवल प्रतियोगितामा बिजेता र उपबिजेताहरुलाई आकर्षक पुरस्कारको ब्यवस्था गरिएको छ ।
अराउ समाजको रनिङ शिल्ड प्रायोजनमा गरिदै आएको भलिबल प्रतियोगिता कार्यक्रममा बिभिन्न नेपाली परिकारहरु तथा मनोरञ्जतात्क कार्यक्रम पनि हुने हुनाले संपुर्ण स्विसबासी नेपालीहरु उपस्थित भई नेपालको राष्ट्रिय खेलालाई महत्व दिदै र खेलाडीहरुलाई हौसला प्रदान गरिदिनु हुन नेपाली जनसम्पर्क समिति स्विसका अध्यक्ष श्याम सापकोटाले अनुरोध गरेका छन् ।

प्रतिक्रिया