द्वितिय मिस नेपाल क्यालिफोर्निया यसरि सम्पन्न भयो

इनेप्लिज २०७४ असार ११ गते ११:०० मा प्रकाशित

सन फ्रान्सिस्को बे एरियाका युवाहरु राजेन्द्र जोशी, सागर श्रेष्ठ, सन्तोष न्यौपाने तथा मनिश कार्कीको सकृय समूहले चहलपहल प्रोडक्सन स्थापना गरेर एक महत्वाकांक्षी कार्यक्रम मिस नेपाल क्यालिफोर्निया सफलताका साथ सम्पन्न गरेका छन।

युवाहरुको लागि यो सनसनीपूर्ण खबर थियो भने सबैको लागि चासोको बिषय। धेरैले यो कार्यक्रम मनोरन्जक र सफल हुने कुरामा शंका गरेका थिए तर कार्यक्रम यती हद सम्म सफल भयो कि दर्शकहरु छक्क मात्र होइन तीन छक्क परे। लोकप्रिय डि जे सन्दीप बाबुको साउनड सिस्टम, प्रकाश व्यवस्थापन र मनोरन्जक तथा उच्च कोटीका उद्घोषक द्वय निकी पाण्डे र सन्दीप छेत्रीको बेजोड प्रस्तूतीले सबै कलाकारहरु र सुन्दरिहरुको प्रस्तूतीमा चार चाँद लाएको थियो। पूर्वाग्रह नराखी भन्नु पर्दा यो कार्यक्रम बे एरियामा सम्पन्न अहिले सम्मका कार्यक्रमहरुमा उत्कृष्ट मध्यमा पर्दछ।

यस प्रतियोगितामा हाम्रा चीरपरीचित अभिनेता निरज बराल, भारतकी मिस इन्टरनेसनल २०१७ इशा अग्रवाल, लायन्स इन्टर नेसनलका पूर्व काउन्सिल चिअर डेनी ग्रोट्रियन, अभिनेत्री तथा न्रित्याङ्गना नन्दिदा के सि तथा समाजसेवी अनिल पाण्डे जज प्यानलमा रहनु भएको थियो। साथै कोरियोग्राफआर इशानी श्रेष्ठ, सान्स्कृतिक संयोजक बिन्दु सापकोटा, इभेन्ट कोअर्डिनेटर नग्मा श्रेष्ठ, तथा सुभेक्षा भडेल, बिनोद के सि, सुनिल महर्जन, आकाश महर्जन लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

मिस नेपाल क्यालिफोर्निया एक सुन्दरी प्रतियोगिता थियो। सुन्दरी प्रतियोगिता विश्वको नवीन सँस्कृतिको प्रतिक हो। यो प्रतियोगिता वारे पुरातन विचार राख्नेहरु धारणा केही अलग भए पनि यो विश्वले मानेको अत्यन्त प्रतिष्ठित समारोह हो जसमा प्रतियोगी सुन्दरीहरुको बाहिरी मात्र नभई बौद्दिकता, कला, सहयोगी भावना, धैर्य, नम्रता र देशभक्ती जस्ता भित्री सौन्दर्यको पनि मुल्याङ्कन हुन्छ ।

अनी विजेताले मुकुट पहिरिन्छिन, यो एक शक्ती सम्पन्न रानीको चयन गर्नु जस्तै हो । बिउटी कुईनको इज्जत हुन्छ, र इज्जत मात्र होइन जिम्वेवारी पनि हुन्छ। सौन्दर्यको रानीको प्रमुख कर्तव्य एउटा सामाजिक सद्भावनाको दूत झैँ शान्ती, प्रगती, सत्य र न्यायको लागि सकृय रहनु हो। विगतका सुन्दरीहरुले समाज सेवाको अनुपम नमुना देखाएको ईतिहास साक्षी छ ।

अत्यन्त सनसनीपूर्ण बातावरणको विच घोषित परिणाम अनुसार मिस नेपाल क्यालिफोर्नियाको ताज सान फ्रान्सिस्को निवासी रोज लामाले जितिन । प्रथम रनर अप तथा द्वितीय रनर अप को उपाधी क्रमश: दीप्ली फन्जु तथा सदिक्षा पोखरेलले जितेका थिए। त्यसै गरी मिस पपुल्यारिटीको उपाधी ओशिन रायमाझी, मिस फोटोजेनिक को उपाधी मिस रोज लामा, मिस पर्सानलिटीको उपाधी दीप्ली फन्जु, तथा मीस टालेन्टको उपाधी अनुश्मा महर्जनले जितेका थिए l

सो अवसरमा बिजेता, प्रथम उप बिजेता तथा द्वितिय उप बिजेतालाई समाजसेवी तथा व्यवशायी राजेन थापा, नारायण सोमनामे तथा पूर्ण शेर्पाले नगद पुरस्कार वितरण गर्नु भएको थियो। सो कार्यक्रमको प्रायोजन गौरी राज जोशी, राजेन थापा, पूर्ण शेर्पा, अनिल पाण्डे तथा परिवार, नारायण सोमनामे, उत्तम कार्की, मणी नेपाली तथा हेमा पनेरु, नबिन बुढाथोकी, नारायण खनाल, मेघा अग्रवाल, बिन्दु सापकोटा, प्रकाश थापा, श्याम श्रेष्ठ, तथा वाइवा टेक लामाले गर्नु भएको थियो।

प्रतिक्रिया