बिहीबार, कार्तिक १३ २०७७
काठमाडौं २२:५७
वासिङटन डिसी 13:12

डर–त्रास नमानी ढुक्कसँग मतदान गर्नोस् ः निर्वाचन आयुक्त शाह

इनेप्लिज २०७४ असार ९ गते ८:४९ मा प्रकाशित

बैतडी, ९ असार । निर्वाचन आयुक्त सुधीरकुमार शाहले असार १४ गते हुन गइरहेको निर्वाचन बैतडीमा शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नका लागि जिल्लाको शान्तिसुरक्षाको अवस्था सन्तोषजनक रहेको बताउनुभएको छ ।

आज जिल्लाको शान्तिसुरक्षा अवस्था अनुगमन गर्न बैतडी आइपुग्नुएका आयुक्त शाहले यस्तो बताउनुभएको हो । निर्वाचनको ज्यादै ठूलो महत्व भएकाले ढुक्कसँग कसैको डर–त्रास नमानी मतदान गर्न उहाँले आम मतदातालाई आग्रह गर्नुभयो ।

पत्रकारले सोधेका जिज्ञासामा उहाँले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नु राम्रो कुरो नभएको भन्दै कडाभन्दा कडा कारवाही गरिने बताउनुभयो । निर्वाचन आयुक्त शाहको उच्चस्तरीय टोली निर्वाचन अनुगमनको क्रममा कैलाली, कञ्चनपुर हँुदै बैतडी आइपुगेको हो । रासस

प्रतिक्रिया