काठमाडौंबाट हिडेको ट्रक धादिङमा दुर्घटना, तीन जनाको मृत्यु

इनेप्लिज २०७४ असार ९ गते ८:३८ मा प्रकाशित

धादिङ, ९ असार । धादिङमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ना६ख ३१२३ नम्बरको ट्रक बेनिघाटको रोराङ गाउँपालिकामा पर्ने हुग्दीखोला पुलबाट खस्दा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्रक चालक गढिमाई–१ बाराका नरबहादुर खत्री, सहचालक पर्सा ढोरीका जीवन लामा र नुवाकोट घर भएकी सन्जु राईको मृत्यु भएको धादिङका डीएसपी दिपेन्द्र पञ्जियारले जानकारी दिए ।

उनका अनुसार तीव्र गतिमा रहेको ट्रक अनियन्त्रित भई पुलबाट खोलामा खसेको थियो ।

प्रतिक्रिया