एनअारएनए अमेरिकामा सामुहिक नेतृत्वको आवश्यकता !!

इनेप्लिज २०७४ असार ८ गते २२:४० मा प्रकाशित

रसियाको मास्कोबाट शुरु गरिएको गैर आवासिय नेपाली संघको अभियानले २००३ अक्टोवर ११ मा साझा सम्मेलनको रुपमा काठमाण्डौमा गएर ठोस निर्णय लिन सफल भयो | नेपालवाट शिक्षा, रोजगार, व्यापार, सिपको खोजिमा दैनिक १५ सय भन्दा बढीको युवा शक्त्ति बिदेशमा पलायन हुनुलाई एनआरएनएले चिन्ताको बिषय लिएको छ | एनआरएनएका अभियन्ताहरुले एनआरएनए खोल्दै नेपालबाट बिदेशिएका हरेक नेपालीलाई कसरी एउटै मालामा उन्ने भन्ने चिन्ताले नै यसको जन्म गराएका हुन | त्यसैले एनआरएनएमा सामुहिक लगानी सामुहिक नेत्रित्व र सामुहिक बिचारको संकलनका लागि नेपालमा अोपन युनिभर्सिटिको अबधारणा अगाडि बढाइसकेका छन् |

यसरी संसारमा छरिएर रहेका नेपालका शक्ति, हिरा र मोती बटुल्ने काम एनआरएनले गर्ने जमर्को गरेको हो | त्यसैले एनआरएनलाई निर्विवाद संस्था बनाउन यसको संरचनालाई परिवर्तन गर्दै सामुहिक र समानुपातिक नेत्रित्वको बिकास एनाअरएन अमेरिका बाटै थाल्नु जरुरी छ |

अमेरिका संसारको बैभव तथा शक्ती सम्पन्न मुलुक हो | नेपाली युवा शक्त्तिहरु विदेशिदा पहिलो बिदेश द्वार जहाँसुकै बनाए पनि अन्तिम गन्तव्य अमेरिकानै बनाएको देखिन्छ | यहाँ संसारका मान्छे आएर बस्ने गर्छन् । तर यहाँका मान्छे अरु देशमा गएर बसेको त्यती देखिन्न | संसारका मान्छे यहाँ घुम्न आउँछन | यहाँका मान्छे आफ्नै देशका पचास वटा मुलुकमा घुम्दै रमाउछन् र उनिहरुलाई भ्याइ नभ्याइ पनि छ | संसारको बिकसित, शक्त्तिशाली र अत्याघुनिक तथा सपनाको ससार तथा समावेशी मुलुकमा बसेर पनि हामी समावेशी वन्न सक्दैनौ भने हाम्रो आश मुलुकले किन गर्ने ? यो एउटा अहम प्रश्न वनेर हाम्रो सामु खड़ा भएको छ । यस्तो मुलुकवाट समावेशी समाजका समाजमा घुलमिल गरेर पनि हामीले सदासयता देखाउन सक्दैनौ भने हामीले पितृ ऋण र मातृभूमीको दूतको भार कसरि तिर्ने ? यस्तो संसारका मान्छेहरु मिलेर बस्ने मुलुक समाबेशी समाजको संरचना तयार गर्ने मुलुकमा आफ्नै देशका दाजुभाई, दिदिबहिनी मिलेर बस्न पनि सकेका छैनौ | आफ्ना समाजका लागी आँफ्ना दाजुभाइ, दिदी बहिनिका लागि खोलिएको सर्व हिताय सस्था बनाउन सक्दैनौ भने हामीलाई संसारले धिकार्ने छन | त्यसैले यी सबै कुराहरूबाट बच्न हामीले निस्वार्थ भई समाज सेवा गर्न हामी हामी बिचमा बिरोध होइन सम्झौता तथा सामुहिक र समानुपातिक नेत्रित्वको बिकास गर्नु अत्यन्त जरुरी छ |

गैर आवासिय नेपाली संघलाई अझ गतिशिल चुस्त र दुरुस्त बनाउन नेपाली डायस्पोरामा रहेका गतिशिल दुरगामी योजनाकार दक्ष र र अनुभवी बिभिन्न तह र तप्काका सक्षम व्यक्त्ति्वलाई आ – आफ्नो दक्षताको उर्जा समाजमा निस्वार्थ लगाउने बातावरण अब आउने नेत्रित्वले दिनु पर्छ | विशिष्ट र दक्ष व्यक्तित्वलाई आ-आफ्नो सीप,अनुभव र क्षमतालाई प्रस्तुत गर्ने जिम्मा दिई एनआरएनए अमेरिकाले समेटन सक्नु पर्छ । बाहिर रही एनआरएन अमेरिका प्रती वेमेल देखाउने महानुभावहरूलाई पनि समझदारीताका साथ मुल प्रवाहमा उभ्याउन सक्नु पर्छ |

त्यतिमात्र कहाँ हो र ? अबको नेपाली समाजलाई विवाद रहित बनाउन एनाअरएन अमेरिका बाटै समावेशी तथा समानुपातिक नेत्रित्वको विकासको शुरुवात गरी मुद्दा मामिला तथाझै झगडाको बातावरण लाई निमीट्यान्न पार्ने बाटो रोज्ने प्रयास गर्नु अत्यान्त आवश्यक देखिन्छ | अब नेपाली समाजले विवाद, झै – झगडा तथा फुटको बातावरणलाई परित्याग गरि सकारात्मक, सृजनात्मक, सहयोगात्मक तथा बुद्धत्व प्राप्त गर्ने खालको समाजको सृजना गर्ने बातावरण अवको पुस्ताले नगरे कस्ले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मुल नाराका साथ अर्को पुस्ता अगाडि बढदै छन र वढाउनु पर्छ पनि ।

अव हाम्रो आउने उज्यालो भविष्य अर्थात दोस्रो पुस्तालाई मात्रित्व बिकासको एउटा अध्याय शुरु हामीले नै गर्नु पर्छ | वास्तवमा भन्ने हो भने हामी नेपाली सात समुन्द्र पारी आफ्नो जन्मभूमि,तपोभूमि आफ्ना र आफ्न्त सबै छोडेर आ -आफ्नो ठाउबाट आ -आफूले सकेर नसकेर दु:ख गरि रहेका छौ | यहाँ यसरी आएर दु:ख गरिरहदा सुख-दुख पनि त बाँडन सक्छौ नि हैन ? जुन सुख अहिले हामी मध्येका कसैले हारेर दोस्रो पुस्ताले जित्ने सुख पाईन्छ भने किन त्यसो नगर्ने ?

त्यसैले अब आउने कमिटिले फुटको राजनीति हैन सच्चा समाज सेवाको भावनालाई आत्मसात गरि जुवा जस्तो छली र कमटी राजनीतिलाई सदाको लागिबाइबाइ गर्ने बातावरण समावेसी तथा समानुपातीक नेतृत्वको बिकास गर्ने बातावरण किन तयार नगर्ने ?

जदौ पाठकव्रिन्द ! जदौ समाज !! जदौ मालिक !!!

सर्बज्ञ वाग्ले एनआरएन अमेरिका का हालका उपाध्यक्ष पदका उम्मेदवार हुन् l

प्रतिक्रिया