लोकतन्त्र,आर्थिक समृद्धि र समुन्नति एमालेको एजेन्डा–नेता खनाल

इनेप्लिज २०७४ असार ८ गते ११:३८ मा प्रकाशित

इलाम, ८ असार । नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले लोकतन्त्र, आर्थिक समृद्धि र समुन्नत राष्ट्र एमालेको मुख्य एजेन्डा भएको बताउनुभएको छ ।

इलामको माई नगरपालिकास्थित सोक्तिममा आयोजित चुनावी सभालाई आज सम्बोधन गर्दै उहाँले एमालेले चलाएको नौ महिने सरकारले ‘आफ्नो गाउँ, आफैँ बनाउँ’ भन्ने नाराका साथ अहिले सिंहदरबारको सुविधा गाउँमै पुगेको बताउनुभयो ।

काँग्रेस, माओवादीलगायतका अन्य दलले संविधानसभाबाट संविधान जारी नगर्ने षड्यन्त्र बुझेर एमालेले दबाब दिएकै कारण संविधान जारी भएको र यसको सफल कार्यान्वयनमा पनि अहिले दबाब सिर्जना गरिरहनुपरेको उहाँको विचार थियो ।

पहिलो चरणको निर्वाचनको नतिजाले एमालेकै जितको सुनिश्चितता गरेको बताउँदै उहाँले समग्र देशको विकासका लागि एमालेलाई मतदाताले भोट दिन्छन् भन्नुभयो ।

प्रतिक्रिया