अस्थायी शिक्षकको मागमा राजपाको ऐक्यबद्धता

इनेप्लिज २०७४ असार ७ गते ९:३१ मा प्रकाशित

काठमाडौँ, ७ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाउनुभएको छ ।

सामान्य प्रक्रिया पूरा गरेर कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी हुनुपर्ने माग गर्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले यही असार २ गतेदेखि आमरण अनशनका कार्यक्रम जारी राखेको छ । राजपा अध्यक्ष मण्डलका ठाकुर, अनिलकुमार झालगायतले अनशनस्थलमा पुगी माग पूरा हुनुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ठाकुरले शिक्षकका समस्याबारेमा आफूले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गरेर माग सम्बोधन गर्न आग्रह गरेको र उहाँहरुले सकारात्मक जवाफ दिनुभएको बताउनुभयो । सो स्थलमा छ दिनदेखि पाँच शिक्षक अनशनमा छन् ।

प्रतिक्रिया