संचारकर्मी सरोज के.सी.को सेतोपाटी अमेरिकामा प्रकाशित सुनील मणि दाहालको समाचारको जबाफ जस्ताको तेस्तै

Enepalese Published on: June 20, 2017

 

शनिबार जुन १७ म सरोज के सि र बिजय थापाको संयुक्त सम्योजन मा सम्पन्न इनेप्लिज र रेडियो जिन्दगी को संयुक्त बार्सिक कार्यक्रम को बारेमा सेतोपाटी अमेरिका ले बेतुकका टिका टिप्पडी गरेर समाचार लेखेकोले मैले पनि तर्कसहित बुदागत जवाफ दिएको छु ! कृपया सबैले १ मिनेट समय निकालेर पढिदिनुहोला पत्रकारहरुको अनि अमेरिकाको पत्रकार संग (नेजा ) को

ध्यानाकर्सण गराउदछौ ! धन्यवाद

समाचार सेतोपाटी अमेरिका :

कार्यक्रम प्रस्तोताले मिडियाका तर्फबाट ‘सामाजिक सामुदायिक नायक’ भन्दै १६ जनालाई सम्मान बुझ्न स्टेजमा बोलाएका थिए। सम्मान पाउनेको लस्करमा कुनै पनि सन्चारकर्मी परेनन्। सेतोपाटि- सुनील मणि दाहाल जवाफ सरोज के सि :

१ ) पहिलो कुरा सम्मान पाउनेहरु १२ जनामात्रै हुन पर्नेमा अन्लाईनमिडिया ले १६ भनेर गलत लेख्यो, सम्मान पाउनेहारुमा १ संचारकर्मी होम छेत्री हुनुहुन्थ्यो जो अमेरिकाको पहिलो नेपाली रेडियो कार्यक्रम सन्चालक हुन, सन १९९० तिर Voice of America मा (माथि अन्लाईन मिडिया ले कुनैपनि संचारकर्मी परेनन भनेर गलत लेख्यो)

समाचार सेतोपाटी अमेरिका :

सम्मान मिडियाको सम्मान थियो वा एक मिडिया संस्थाबाट प्रदान गरिएको निजी सम्मान ? – सेतोपाटी सुनील मणि दाहाल जवाफ सरोज के सि :

२ ) दुइ मिडियाले आयोजना गरेको बार्षिक उत्सब कार्यक्रममा दिइएको सम्मान १००% मिडियाको सम्मान हुनेछ कसरी निजी हुन्छ ? ? मेरो प्रतिप्रश्न सेतोपाटिलाई ? ?

समाचार सेतोपाटी अमेरिका :

समाजलाई पुरस्कृत गर्ने,सम्मान गर्ने वा अवार्ड दिने संस्था मिडिया हो ? दोस्रो प्रश्न- त्यती ठूलो नाम दिइएको अवार्डका लागि के कस्तो छनौट बिधी अपनाईयो, सार्वजनिक हुनु पर्दैन ?

जवाफ सरोज के सि :

३ ) मिडियाले त्यहि छेत्रको मान्छेलाई मात्र सम्मान दिन पाईन्छ भनेर कहाँ लेखिएको छ ? ? मैले गरेको १७ बर्षे मनोरन्जन पत्रकारितामा कतै भेटिन , पत्रकारिताको पुस्तक मा पनि देखिन ? ? ?हाम्रो मिडियाले समाज का खेलाडी , उच्च पदस्थ, कलाकार, पत्रकार सबैलाई सम्मान दिन्छ ? के पत्रकार समाज भित्रै पर्दैनर ? ? प्रती प्रश्न सेतोपाटिलाई

चलचित्र पत्रकार संगको हरेक बर्ष गरिने सम्मान कार्यक्रम मा छनौट बिधी सार्वजनिक गरिन्छ र ? ? ? नेपाल मा गरिने प्रत्येक फिल्म अवार्ड को छनौट बिधी सार्वजनिक गरिन्छर ? अवार्ड जुरी र बिधी जहिलेपनि गोप्य राखिन्छ / प्रतिप्रश्न सेतोपाटिलाई

समाचार सेतोपाटी अमेरिका

त्यस्तो अवार्ड वा व्यक्तिगत रुपमा प्रदान गरिएको सम्मानका लागि राजदूत जस्तो आधिकारिक ब्यक्ति संलग्न हुनु कति सही थियो ? -सेतोपाटी -सुनील मणि दाहाल जवाफ सरोज के सि :
४ ) यस्ता अवार्ड कार्येक्रममा राजदूत होईन राष्ट्रपती, प्रधान मन्त्री अथवा संचार मन्त्री जान्छन , चेतना भया सेतोपाटी लाई

समाचार सेतोपाटी अमेरिका
कार्यक्रममा आएका अतिथीलाई गरिएको एक घन्टा लामो आसन ग्रहण कार्यक्रम र खादा पहिरन कार्यक्रम पट्यारलाग्दो भएको थियो। बिगत दुई वर्षदेखी नेपाली भाषीले आयोजना गर्ने  कार्यक्रमहरुमा आसन ग्रहण र खादा संस्कार –अलोकप्रिय संस्कारको पुनरावृत्ति त्यस्ता नेपाली परम्परावादी कार्यक्रमको सञ्चालन ढाँचालाई अमेरिकामा बिरोध गर्दै बन्द गरिएको थियो।

जवाफ सरोज के सि :
५ ) पहिलोकुरो आशन ग्रहण १० मिनेट को थियो कसरी १ घन्टा देख्नुभो सेतोपाटी का पत्रकारले थाहाभएन ? ? सायद १० को सुन्ना चै हटाएर समाचार लेखेजस्तो लाग्यो ? ?

बिना आसन ग्रहण कुन कार्यक्रम औपचारिक  हुन्छ ? मैले लिएको उद्घोषण सिक्षामा आशन ग्रहण नगराइ औपचरीक हुन्छ पढेको छैन , अनि बिगत १ बर्ष मा मैले अमेरिकामा गरेको सबै कार्यक्रममाआशन ग्रहण देखे खोइत कहाँ कस्ले गर्‍यो र बन्द ? ? प्रतिप्रश्न -सेतोपाटिलाई

काठमान्डुमा अझै पनि प्रत्यक्छ कार्यक्रम मा अतिथिलाई खाद्दाले स्वागत गरिन्छ कसरी भन्यो यो अलोकप्रिय ? ? सेतोपाटिलाई थाहा छैन होला कि खाद्दा एक पबित्र संस्कार हो जुन बौद्धधर्म सँग जोडिएको छ चेतनाभया कि खाद्दामा “8 LUCKEY Buddha Sign” हुन्छ यस्को अपमान गर्नु बुद्ध को अपमान गर्नुहो ,पत्रकार बन्धु !

समाचार सेतोपाटी अमेरिका
कार्यक्रम सञ्चालक तथा रेडियो जिन्दगीका प्रस्तोताले पटक पटक आफू खाँटी नेपाली भएको र जो नेपाली बोल्न जान्दैन त्यसलाई म नेपाली मान्दिन भन्दै तल्लो स्तरमा प्रस्तुत हुँदा धेरै अविभावकले अमिलो मन पारेका थिए। के नेपाली बोल्न नजान्दैमा नेपाली भइदैन ? –

सेतोपाटी सुनील मणि दाहाल जबाफ सरोज के सि :
६ ) अमेरिकामा बस्ने धेरैजसो नेपालीका छोरा छोरीहरुले नेपाली भाषा बिर्सिएका छन बोल्न जान्दैनन मात्र अङ्रेजी बोल्छन त्यस्ता नेपाली नै बोल्न नजान्ने अमेरिकाको नेपालीलाई कसरी नेपाली भन्ने  ? र राष्ट्र   भाषा  बोल्नजाने नेपालीको मन मेरो कुरा ले पक्कै अ्मिलो हुँदैन अनि अर्को कुरा सेतोपाटिले के बुझ्नुपर्‍यो भने यो अमेरिकाको नेपालीहरुको लागि भनिएको हो जो केवल अङ्रेजी भाषामा मात्रै रमाउछन तीनलाई, के हाम्रो राष्ट्रिय भाषा अङ्रेजी होर ???

समाचार सेतोपाटी अमेरिका
भर्जिनिया राज्यबाट गत वर्ष सञ्चालित रेडियो जिन्दगीले एक वर्ष पुरा गरेको अवसर पारेर संयुक्त वार्षिकउत्सव कार्यक्रम आयोजना गरेको ईनेप्लिजले जनाएको छ।सेतोपाटी रमाउछनजवाफ सरोज के सि :
७ ) रेडियो जिन्दगी को १ बर्ष होईन रेडियो जिन्दगी मा एउटा मात्र नेपाली कार्यक्रम को १ बर्ष पुरा बर्षगाठ हो किनकी रेडियो जिन्दगी स्थापना भएको ५ बर्ष भैसको अमेरिकामा/ यो पनि गलत लेखियो सेतोपाटिमा

सही र गलत छुट्यौने जिम्मा तपाईंको ? ? प्रतिकृया कृपया दिनुहोला तल,धन्यवाद – सरोज केसी ( रेडियो जिन्दगी र इनेप्लिज MEDIA )