एनआरएनलाई साझा संस्थाको रुपमा रुपान्तरण गर्न कार्कीको प्रतिवद्धता

इनेप्लिज २०७४ असार ५ गते २२:२९ मा प्रकाशित

नेपालीको साझा संस्थाको रूपमा एनआरएन अमेरिकालाई रुपान्तरण गर्ने अठोटका साथ उमा कार्की (थापा) चुनावी मैदानमा उत्रनु भएको हो । क्यालिफोनियामा सामाजिक हस्तीका रुपमा परिचित उहाँ आफूमा भएको ज्ञान, सीप र क्षमतालाई सबै नेपाली सामू पु¥याउन चाहने एक सामाजिक अभियान्ताका रुपमा स्थापित भइसक्नु भएको छ ।

उहाँ सफल र सक्षम नारी भए पनि हरेक नारीको मर्म र उत्पिडनलाई आफ्नै जसरी बुझ्ने र सम्झने एक उद्धारवादी व्यक्तित्व हुनुहुन्छ । ‘महिलाहरूको सीप विकास र प्रगतिका लागि उहाँले अनवरत अनव्रत रुखट्ने बताउनु भएको छ । १२ वर्ष अमेरिका बस्दा सिकेको सीप, आर्थिक सवलता र व्यवहारिकतालाई म पूर्ण रूपमा सदुपयोग गर्न चाहन्छु,’ उहाँले भन्नु भयो ।

समाजसेवा मार्फत अमेरिकी नेपाली समुदाय, नेपाली महिला दिदी–बहिनीलाई आर्थिक सम्पन्नता र समृद्धि तर्फ लैजाने म पूर्ण प्रतिवद्ध छु,’ उहाँले भन्नु भयो । त्यसै पनि विश्वमै महिलाहरू आर्थिक तथा सामाजिक हिसावले पछि परेका छन् । ‘उनीलाई न्यायिक समानतातर्फ उन्मुख गराउनु आफ्नो प्रमुख उद्देश्य रहेको उहाँले बताउनु भएको छ ।

आर्थिक सवलता नभइ महिला हुन या पुरुष अघि बढ्न नसक्ने बताउँदै उहाँले आर्थिक गतिविधि तथा आयआर्जन सम्बन्धि विभिन्न तालिम, सेमिनार गोष्ठीका माध्यमबाट उद्यमशिलताको विकास गर्ने उहाँको योजना छ ।

‘नवीन र आधुनिक प्रविधिको माध्यमबाट एनआरएनमा युवा आकर्षण वढाउने मेरो हर प्रयास हुने छ,’ उहाँले भन्नु भयो । साथै सानातिना व्यवसायीलाई माथि उठाउन तथा व्यवसायमा जान चाहने नव उद्यमीलाई विजनेश अवधारणा प्रशिक्षण गराउने पनि उहाको चुनावी प्रतिवद्धता छ ।

मानिस सधै एउटै पद् तथा आन, मान र सम्मानका साथ एकै स्थानमा बसी रहन सक्दैन । समय र परिस्थिति अनुसार ऊ परिवर्तित र रुपान्तरित हुँदै जान्छ । यो मानविय स्वभाव पनि हो । त्यसैले हामीले मात्रै सधै एनआरएन चलाउन नसक्ने कार्कीको भनाइ छ । ‘

यो पुस्ताले मात्रै एनआरएन चलाएर अनन्तसम्म संस्था जीवन्त रहन सक्दैन,’ उहाँले भन्नु भयो ‘दोस्रो पुस्तालाई यसप्रति आकर्षिण गराइ दीर्घकालीन रुपमा सिर्जनशिल माध्यमबाट संस्थालाई अझ प्रभावकारी ढंगबाट सञ्चालन गर्ने मेरो योजना छ ।

’ समग्रमा भन्ने हो सबै आप्रवासी नेपालीहरूलाई एउटै मालामा उन्दै ऐक्यवद्धताका साथ अघि बढ्ने भएको कार्कीले बताउनु भयो ।

 

प्रतिक्रिया