दार्जलिंगमा नेपालीभाषी माथि गोलिबारी ३ जनाको हत्या(भिडियो सहित)

इनेप्लिज २०७४ असार ३ गते २२:४४ मा प्रकाशित

The demand for a separate Gorkhaland state turned violent in Darjeeling on Saturday. CM Mamata Banerjee attacked the Gorkha Janmukti Morcha for fuelling the clashes. Violent protests for statehood convulsed Darjeeling on Saturday as a security personnel was stabbed and local leaders claimed police firing killed two workers in clashes.
Local sources said Kiran Tamang, an India Reserve Battalion officer, was stabbed in the back with a traditional Gorkha knife as security forces struggled to contain thousands-strong mobs that torched police vehicles and ransacked government property, shouting anti-government slogans.

“Five years you enjoyed, now when elections are coming you start violence because you have lost credibility,” chief minister Mamata Banerjee said in Kolkata, hitting out at the Gorkha Janmukti Morcha that is leading the demonstrations. She denied all deaths in the clashes and said Tamang was critical.Watch video news about it.

दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनका क्रममा आज सेनाले चलाएको गोली लागेर तीन जना गोर्खाल्याण्ड समर्थकको मृत्यु भएको छ ।

गोर्खा जनमुक्ति मोर्चाको पातलेवासस्थित कार्यालयमा दुई दिनअघि प्रहरीले छापा मारेको विरोध गर्दै प्रदर्शनमा उत्रिएका मोर्चा समर्थक र सुरक्षाकर्मीवीच बिहानैदेखि झडप भएको थियो । सोही क्रममा सुरक्षाकर्मीले दमन गर्न खोजेपछि स्थिति तनावपूर्ण भएको हो ।  प्रदर्शनकारीले ढुंगामुढा गरेपछि  सुरक्षाकर्मीले पहिला अश्रुग्याँस र पछि सेनाले अन्धाधुन्द गोली बर्साएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

गोर्खा जनमुक्ति मोर्चाका सहसचिव विनया तामाङका अनुसार सेनाको गोलीबाट विमल शाहशंकर र सुनिल राईको घटनास्थलमै र महेश गुरुङको उपचारका लागि सिलिगुडी लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । घटनामा दर्जन बढी घाइते छन् । उनीहरुको दार्जिलिङ, सिलिगुडीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया