पक्राउप्रति पत्रकार महासङ्घको आपत्ति

इनेप्लिज २०७४ असार ३ गते १३:२१ मा प्रकाशित

काठमाडौँ, ३ असार । कञ्चनपुरबाट प्रकाशित ‘दैनिक मानसखण्ड’का सम्पादक खेम भण्डारी र कार्यकारी सम्पादक जी भट्टलाई सार्वजनिक अपराध गरेको आरोपमा प्रहरीले पत्रिकाको कार्यालयबाटै नियन्त्रणमा लिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विपरीत भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

पत्रिका नै बन्द गर्ने गरी सम्पादक, कार्यकारी सम्पादकलाई गिरफ्तार गरेर सरकार पूर्णरूपमा स्वतन्त्र प्रेसलाई नियन्त्रण गरी निरङ्कुशतातिर उन्मुख भएको महासङ्घका महासचिव उजिर मगरले आज जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । उहाँहरुलाई अनुसन्धानका लागि भन्दै कञ्चनपुर प्रहरीले पक्राउ गरेको थियो ।
रिहा नगर्दासम्म कञ्चनपुरका सम्पूर्ण पत्रकारले सम्बन्धित निकायमा तत्काल धर्नालगायत विरोधका कार्यक्रम गर्ने भएका छन् ।

प्रतिक्रिया