महिलामाथि यौनिक र विभेदका घटना बढ्दो

इनेप्लिज २०७४ असार २ गते ११:१५ मा प्रकाशित

इटहरी, २ असार । सुनसरी जिल्लामा यो वर्षको पुसदेखि वैशाख मसान्तसम्ममा २१ वटा घटना भएको इन्सेक वर्ष पुस्तक पूर्व तयारी प्रतिवेदनले इटहरीमा सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ ।
ती घटनामा परेर २२ जना मानिस पीडित बन्नुपरेको तथा दुई जनाको ज्यान गएको उल्लेख छ ।

इन्सेक पूर्वाञ्चलका कार्यक्रम अधिकृत झङ्करबहादुर रावलको अध्यक्षतामा विहिबार भएको मावनअधिकार वर्ष पुस्तक तथा निर्वाचन र मानवअधिकार विषयक अन्तक्र्रिया कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक एवम् मानव अधिकारका विषयमा अन्तक्र्रिया गर्दै कसरी मानव हिंसामा कमी ल्याउन सकिन्छ भन्ने उपायका विषयमा समेत छलफल गरिएको छ ।

मानवअधिकार वर्ष पुस्तकका लागि सङ्कलित घटना तथ्याङ्कमा उल्लेख भएअनुसार सुनसरीमा उक्त अवधिमा सबैभन्दा बढी बालबालिका र महिलामाथि भएको यौनिक हिंसाका घटना १८ वटा भएको देखाइएको छ । त्यस अवधिमा दुईजनाको हत्या र छ वटा बहुविवाह र अंश तथा खान लाउने विषयमा परेका उजुरी समेत समेटिएका छन् ।

पछिल्लो यो पाँच महिनाको अवधिमा बालिका तथा महिलामाथि हुने गरेका यौनिक हिंसा बढिरहेको र त्यसबाट समुदायमा यौनिक हिंसाले बढोत्तरी पाउने क्रम रहेकाले यसको न्यूनीकरणसम्बन्धी सरोकारवालाको ध्यान जान जरुरी रहेको औँल्याइएको छ ।

सो अवसरमा राष्ट्रिय मानवअधिकार आयोग पूर्वाञ्चलका प्रमुख प्रलेश पोख्रेल, अधिकृत सन्ध्या पुडासैनी, इन्सेक अधिकृत झङ्कर रावललगायतले बोल्नुभएको थियो ।

प्रतिक्रिया