टेक्ससका सबिन्द्र थापा एनआरएन टेक्ससको अध्यक्ष पदमा उम्मेदवारी दिदै

इनेप्लिज २०७४ असार १ गते १०:५३ मा प्रकाशित

टेक्सस मा बस्दै आएका ब्यबसायी सबिन्द्र थापा एनआरएन टेक्ससको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् l आफु राजनीति जान्दिन भन्दै समाज सेवा को लागि आफु गैर आवासीय नेपाली संघ टेक्सस शाखाको अध्यक्ष पदमा लड्ने निधो गरेको बताए l

उनले एक छापा बिज्ञप्ति मार्फत आफु पदको लोभी नभएको स्पष्ट पर्दै यस संघ मार्फत समाज सेवा गर्ने चाहना रहेकोले आगामी निर्वाचनमा मैदानमा उत्रिने निश्चित गरेका हुन् l

आफुले टेक्सस मा बसोबास गरेता पनि टेक्सस सेरोफेरो तथा बिश्व भर आफुले सहयोग गरेको उल्लेख गरेका छन् l आप्रवासन अन्तर्गत एच१ बि ,स्थाई आवासीय पत्र ( ग्रिन कार्ड )तथा अन्य सूचना प्रविधि(आइटि )सम्बन्धि रोजगारी तथा अन्य सहयोग गर्दै आएको जनाएका छन् l उनको ट्राबल एजेन्सी (यात्रा अभिकर्ता )को व्यवसाय पनि संचालनमा छ भने उक्त व्यवसाय मार्फत मार्फत करिव १ दर्जन लाई रोजगारी दिएका छन् l

यसको साथै नेपाल र अमेरिका बिच सहि कारणको लागि पुल बन्ने प्रतिबद्धता सहित दोहोरो नागरिकता ,अमेरिका नेपाल सम्बन्धि दोब्बर कर आदि ईत्यादी बिषयमा आफुले सुरु देखि नै गम्भीरता पूर्वक वकालत गरि रहेको जनाएका छन् l

थापा एक उधमी हुन् l राजनैतिक दल र आस्था राख्ने भन्दा राष्ट्र पहिला हुनु पर्ने कुरामा विश्वास गर्ने बताएका छन् l थापा लामो समय देखि डलस एवेरेस्ट क्लब को सदस्य साथै पूर्व कोषाध्यक्ष समेतमा अनुभव बटुलेका छन् l उनि भन्छन आफु नेतृत्व पदमा भन्दा पद बिना रहेर सहि काम गर्न चाहना रहेको बताए l हाल उनि यति च्याम्बर अफ कमर्स का निर्वाचित कार्यकारी सदस्य समेत रहेका छन् l

समाज सेवा नै भन्ने हो भने भूकम्पमा आफु नेपाल गै नुवाकोटमा राहत सामग्री प्रदान गरेको स्मरण गराउदै समुह कार्यमा आफ़ु विश्वास गर्ने बताए l त्यसैले आफु भित्र केहि गर्न ईक्षा भएकोले आफु टेक्सस एनआरएन को अध्यक्ष पदमा लड्ने घोषणा गरेका छन् l

प्रतिक्रिया