बुधबार, कार्तिक १२ २०७७
काठमाडौं १४:२५
वासिङटन डिसी 04:40

पिस फर पिपुलले प्रेरक धादिङ्गका बिद्यार्थीलाई छात्रबृत्ति प्रदान

इनेप्लिज २०७४ असार १ गते १:१३ मा प्रकाशित

पिस फर पिपुलले प्रेरक छात्रबृत्ति मार्फत ग्रामिण सरकारी बिद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने १०० जनालाई यस शैक्षिक सत्रमा छात्रबृत्ति दिने लक्ष्य अनुरुप २९ जना बिद्यार्थीलाई बिद्यालयमा कार्यक्रम गरी बिद्यालय , अभिभावक र बिद्यार्थीहरुको बीचमा उनीहरुलाई प्रदान गरिने १ लाख ४५ हजारको छात्रबृत्ति बिद्यालयलाई हस्तान्तरण गरिएको छ । गत जेठ २८ गते श्री आदर्श माध्यामिक बिद्यालय, तसर्पु धादिङ्गमा कक्षा ६ बाट ६ जना, कक्षा ९ बाट ८ जना  तथा कक्षा १० बाट १५ जनालाई छात्रबृत्ति प्रदान गरेको हो l

प्रति बिद्यार्थी एक बर्षमा उनीहरुलाई ५००० रुपयाँ आर्थिक सहयोग पाँउने छन् भने २५०० बराबरको प्रोप्साहन सहयोग बिद्यार्थीले प्राप्त गर्नेछन् । बिद्यार्थीले प्राप्त गर्ने रकम बिद्यालयले बिद्यार्थीलाई बार्षिक ४ किस्ता गरेर उपलब्ध हुने अभियन्ता पुनम खड्गी बताउनु हुन्छ , जेठमा १ हजार , भदौ मा २ हजार , मंसिर मा एक हजार र फागुनमा एक हजार गरेर उत्त रकम बिद्यार्थीले प्राप्त गर्ने छन् ।

अभियन्ता खड्गी थप्नुहुन्छ थुप्रै मेहनत वाट यो छात्रबृत्तिको लागि रकम संकलन गरिएकले र यो नेपालीहरुको सानो सानो सहयोग वाट संचालित अभियान भएकाले हामी यसको सदुपयोगको निम्ति सधै सचेत र सजग रहेकाले पनि हामीले आफ्नो प्रत्यक्ष संलग्नतामा बिद्यार्थी, अभिभावक अनी बिद्यार्थीहरुको रोहवरमा यो छात्रबृत्ति रकम बिद्यालयलाई हस्तान्तरण गरिएको हो ।

निम्नमाध्यमिक तह वाट बिद्यालय छाड्ने दर उच्च भएकाले पनि यो कार्यक्रम कक्षा ६ देखि १० सम्म अध्ययन गर्नेहरुको लागि लक्षित गरिएको अभियन्ता सन्तोष बिडारी बताउनु हुन्छ, यस छात्रबृत्ति अन्य छात्रबृत्ति भन्दा फरक रहेका ले पनि यसको उपयोगितामा आफु ढुक्क रहेको बताउनु हुन्छ ।

आज भन्दा अगाडि यस्ता कार्यक्रमहरु यस बिद्यालयमा संचालन नभएकाले आफु निकै खुसी रहेको कुरा बताउनु हुन्छ प्रधानाध्यापक बिष्णु गौतम । बिद्यार्थीहरुले पनि यसको सदुपयोग गर्दे आफ्नो शिक्षाको लागि खर्च गर्ने बचन बद्धता ब्यक्त गरे भने अभिभावकहरुले पनि यसमा पहरेदारको भुमिका निर्वाह गर्ने बताएका छन् ।

प्रतिक्रिया