मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं २१:००
वासिङटन डिसी 11:15

निर्वाचनको सम्पूर्ण अधिकार आयोगलाई दिनुपर्छ ः बिजुक्छे

इनेप्लिज २०७४ जेठ ३१ गते ११:०९ मा प्रकाशित

नगरकोट, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले निर्वाचन घोषणा गरिसकेपछि सरकारले यसका लागि सबै अधिकार निर्वाचन आयोगलाई नै दिनुपर्ने बताउनुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले निर्वाचन अवधिसम्म आयोग सरकारको होइन, सरकार आयोगको सल्लाहमा चल्नुपर्ने बताउनुभयो ।

सरकारले आयोगको अधिकारमाथि समेत हस्तक्षेप गर्दै निर्वाचनको मिति सार्ने खेल खेलिरहेको उहाँको आरोप थियो । “सरकार राष्ट्रिय जनता पार्टीको मागअनुसार संविधान संशोधन होइन ऐन संशोधनको तयारीमा रहेको छ, राजपाको मागप्रति सरकारको ध्यान जानुपर्छ,” उहाँले भन्नुभयो ।

प्रतिक्रिया